ABC (क्राईमबिट)
प्युठान । बेहुली लिएर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सात जना गम्भीर घाइते भएका छन् । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जीप शनिबार बिहान १ बजे ओखरपाटामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
ग १ ज ५०९२ नम्बरको जीप दुर्घटनामा परेको हो । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्य नारायण थापाले बताए । जीप सडकबाट ३ सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको थापाले बताए ।