२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

नेपालमा बनेको जाँडलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्नुपर्छ : मुख्यमन्त्री चौधरी

Logo
प्रकाशित आइतबार, भाद्र २४, २०८०

(ABC-Sanchar)
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालमा बनेको जाँडलाई ब्रान्डिङ गरेर विदेश निर्यात गर्नुपर्ने बताएका छन्।

दाङको भालुवाङमा आज आयोजित प्रदेशस्तरीय नागरिक शिखर सम्मेलनमा उनले सरकारले जाँड बनाएर निर्यात गर्नका लागि बजेटको व्यवस्था समेत गरेको बताए।

“कोरियाको जाँड नेपाल आउँछ, त्यो सबैले खान मिल्ने”, उनले भने, “यहाँको जाँड त्यहाँ बेच्न नमिल्ने ?” उनले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारीकरण गर्ने गरेको बताए।

साथै, उनले कोइलाबास नाका खुलाउनेतर्फ ध्यान दिनुपर्ने आफूले पहल अगाडि बढाएको बताए। उनले नेपाललाई धार्मिक, पर्यटन र आर्थिक सुधार गर्नुपर्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु […]

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

error: Content is protected !!