(सागर थापा)
दाङ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघिका निर्णयलाई केहि परिमार्जन गर्दै लकडाउनलाई असार १ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका अध्यक्ष दिर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले बैंक तथा वित्तिय संस्थाहरुलाई दैनिक बिहान १० बजेदेखि २ बजेसम्म खुल्न दिने निर्णय गरेको छ ।
त्यसैगरी होटेल, रेष्टुरेन्ट, सैलुन, खाजा घर, चिया पसल बाहेक अरु सबै पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म खुल्न दिने निर्णय बैठकले गरेकाे छ ।