०७ माघ २०८१, सोमबार
20-01-2025 , Mon
×

दाङमा पिकअप र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, जेठ २८, २०७८

 

ABC (क्राईमबिट)
दाङ । लालमटियामा पिकअप भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु
भालुवाङ २८ जेठ । दाङको देउखुरीमा पिकअप भ्यान र मोटरसाइकल एक आपसमा ठोकिक्दा एक जनाको मृत्यु भएको छ ।

लमही भालुवाङ सडक खण्ड अन्र्तगत राप्ती गाउँपालिका २ लालमटियामा बिहीबार बेलुका साढे ११ बजेतिर पूर्व देखि पश्चिम तर्फ जादै गरेको लु अ अ च ५३३४ नम्बरको पिकअप भ्यान र पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको भे १ प ८४२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक राप्ती गाउँपालिका ३ पैसठ्ठी नम्बर मौरीघाट निवासी अन्दाजी २२ बर्षीय रञ्जित चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिएका छन् ।

प्रहरी निरीक्षक भट्टका अनुसार लुम्बिनी प्रदेश सरकारले बाँके प्रहरीलाई प्रदान गर्न त्यस तर्फ लैजादै गरेको उक्त भ्यानले ठक्कर दिएको हो ।“ भर्खर कम्पनीबाट निकालेर प्रदेश सरकारले बाँकेको प्रहरीलाई दिनका लागि त्यस तर्फ लैजादै गरेको थियो”, उनले भने“तर, हस्तान्तरण भने भइसकेको थिएन् ।”
सोही गाडीको चालक पनि कम्पनीकै मान्छे थिए ।

उक्त गाडीको अस्थायी नम्बर प्लेट हो । मृतक चौधरीको शवलाई लमही अस्पतालमा राखिएको छ । साथै मोटरसाइकललाई ठक्कर दिने प्रहरीको भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । मोटरसाइकल तीव्रगतीमा भएकोले दुर्घटना भएको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

  दाङ । मंगलबार विहान ७:४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही- भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षिय लोकप्रसाद भट्टराईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको इलाका […]

error: Content is protected !!