१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

पाल्पामा २ वटा जेसीवी सहित ट्याक्टर पुरिदा एक जनाको मृत्यु एक घाईते

Logo
प्रकाशित आइतबार, साउन ०३, २०७८


(करुणा श्रेष्ठ)
पाल्पा । गएराति पाल्पामा दुई वटा जेसीवी सहित एउटा टेक्टर पहिरोले पुरिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । तिनाउँ ६ डुम्रे स्थित कच्ची सडक खण्डमा डुम्रेमा हिलोमा फसेको ट्याक्टर निकाल्न गएका दुई वटा जेसीवी पहिरोले पुरिदा टेक्टरका सहचालक बर्दिया अस्मेरी गाउँपालिका ३ घर भई हाल डुम्रेमा बस्ने २७ बर्षिय महेन्द्र पुनको गएरात मृत्यभएको प्रहरीले बताएको छ ।

पहिरोमा परि गम्भिर घाईते भएका पुनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारकै शनिवार विहान पौने तिन बजे निधन भएको हो । डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जादै गरेको लु ४ त ६६२९ नम्वरको ट्याक्टर हिलोमा फसेकोले ट्याक्टर निकाल्नको लागी पुगेका लु १ क २४९६ नम्वरको जेसीवी र लु १ क २४९७ नम्वरको जेसीवीलाई सडक माथीबाट अचानक खसेको पहिरोले पुर्दा लु १ क २४९६ नम्वरको जेसीवी चालक रैनादेवी छहरा गाउँपालिका १ बस्ने २० बर्षिय सरोज बुढा घाईते हुनुभएको छ ।उहाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]

(एबिसि संचार ) जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर […]