१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

आईतबार चट्याङ्गसहित भारी वर्षाको सम्भावना:मौसम पूर्वानुमान महाशाखा

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८


(ABC-Sanchar)
काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको महाशाखाले जनाएको छ।देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

प्रदेश १, प्रदेश नं २, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आइतवार दिउँसो देशको अधिकांस भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी,कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी र धेरै भारी र बाँकी प्रदेशका एकदुई स्थानहरुमा मेघ गर्जन रचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                            कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाले जनाएको […]

(एबिसि संचार )                                                              आइतबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । […]

(एबिसि संचार )                                                                कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून […]