१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

गएराती दाङको लमहीमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

Logo
प्रकाशित आइतबार, भाद्र २०, २०७८

(ABC-Sanchar)
दाङ । गयराती पौने १२ बजे लमहीबाट पश्चिम तर्फ जाँदै गरेको रा ४ प ७८५९ नम्बरको मोटरसाईकल रातोडाँडा (भित्री बाटो) मा दुर्घटनामा परेको हो । दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ७ हसनापुर निवासी मोटरसाईकल चालक अन्दाजी ४० बर्षिय शिबु गिरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

दुर्घटना भएको स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अस्पताल जाने बित्तिकै डाक्टरले उनलाई मृत घोषणा गरेका हुन । अहिले पोष्टमार्टमका लागि शबलाई लमही अस्पतालमै राखिएको छ ।

परिवारका अनुसार उनी आफन्ती सहित शनिबार सुपा देउराली दर्शन गरि फर्किएका थिए । सुपादेउराली बाट अबेर मात्र लमही पुगेका उनी लमहीका आफन्तीलाई बिदाई गरि आफ्नो घर हसनापुर जाँदै थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए ।

(एबिसि संचार ) कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका–१ स्थित भजनी–सुखड सडक खण्डमा से १ त ८६३५ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१०१० प ९०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

(एबिसि संचार )                                                                        हुम्लामा जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ। मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५, का अन्दाजी ३५ वर्षीय फागुने […]