१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

शनिबार केही प्रदेशको जिल्लामा पानी पर्ने संभावना : मौसम पूर्वानुमान महाशाखा

Logo
प्रकाशित शनिबार, माघ ०८, २०७८


(ABC-Sanchar)
काठमाडौं । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो प्रणालीका कारण सोमबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी प्रदेशका पहाडी तथा तराई भेगका थोरै स्थानमा हल्का वर्षा हुनेछ ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । यो मौसम प्रणाली मंगलबारदेखि कमजोर हुँदै जाने महाशाखाको भनाई छ ।

मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत केही असर पर्न सक्नेछ । यस्तै तापक्रममा पनि गिरावट हुन सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले बिहान कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ । यस्तै, आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने […]

(एबिसि संचार )                                                                हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभरको मौसममा आंशिक बदलीदेखि […]

(एबिसि संचार )                                                                    हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि देशभर आंशिक […]