२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

बैतडीको पाटनमा टिप्पर दुर्घटनामा ४ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, फाल्गुण १२, २०७८

(ABC-Sanchar)
बैतडी । इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीका अनुसार मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका-३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका-३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन् । राजेन्द्रको उपचार गर्न डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । अन्य तीनको घटनास्थलमा ज्यान गएको हो ।

दुर्घटनामा पाटन नगरपालिका-३ का २० वर्षीय सन्दीप विष्ट, १२ वार्षीय सुनिल भट्ट, १२ वर्षीय अमित विष्ट, १२ वर्षीय सुदीप पन्त र महेशप्रसाद पन्त छन् । उनीहरुमध्ये सन्दीपको अवस्था गम्भीर रहेकाले धनगढी रेफर गरिएको छ भने अन्य चारजनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

गुजरबाट पाटनतर्फ आइरहेको बा ३ ख ४८७९ नंको टिप्पर झाडीमालीमा दुर्घटनामा परेको हो । विद्यालयको छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिप्परमा चढेका थिए । टिप्पर सडकबाट ३०० मिटर तल खसेको थियो । टिप्पर चालक रमेश विष्ट प्रहरीको नियन्त्रणमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!