२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

रिक्त डिआईजी पदका लागि को को एसएसपीहरु डिआइजीको दौडमा

Logo
प्रकाशित बुधबार, चैत्र ०२, २०७८



ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीमा बसन्त पन्त, धीरज प्रताप सिंह र रवीन्द्र धानुक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएसँगै तीनवटा प्रहरी नायब महानिरीक्षक (डिआईजी) पद रिक्त हुँदैछ। रिक्त डिआईजी पदका लागि दुई टोलीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरुबीच तीव्र प्रतिस्पर्धा छ। एआईजी बढुवा सिफारिससँगै डिआईजी बढुवाका दाबेदारहरु शक्तिकेन्द्र धाउन थालिसकेका छन्।

०५१ मा भर्ना भएको टोलीबाट डिआईजीको लागि एसएसपीहरु दिपक थापा, बसन्त बहादुर कुँवर, टेकप्रसाद राई र सन्दीप भण्डारी, भीम ढकाल, उमेश जोशी, श्याम ज्ञवालीहरु लविङमा लागेका छन्।

त्यस्तै बढुवाको दौडमा अशोक सिंह, जनक भट्टराई, केदार ढकाल, विष्णु केसी, कुबेर कडायत, सुदीप गिरी, राजेश बास्तोला, यज्ञविनोद पोखरेल पनि शक्तिकेन्द्र धाइरहेका छन्।

तर दिपक थापा, सन्दीप भण्डारी, अशोक सिंह, बसन्त बहादुर कुँवर, भीम ढकाल, टेक प्रसाद राईमध्येबाटै डिआईजी बढुवा हुने सम्भावना प्रबल छ। यी मध्ये कार्यक्षमता र पहुँचका आधारमा थापा पहिलो नम्बरमा देखिएका छन्।

बरियतामा ५ नम्बर भएपनि उनी बढुवाको दाबेदारमा एक नम्बरमै देखिन्छन्। आईजीपी शैलेश थापा क्षेत्री भक्तपुरकै भएकाले उनको सम्भावना प्रबल रहेको प्रहरी स्रोत बताउँछ।

महानगरीय अपराध महाशाखाको सफल कमाण्ड सम्हालिसकेका थापाले उपत्यकामा भएका ठूला अपराध अनुसन्धानमा सफलता हासिल गरे।

पूर्वआईजीपी सर्वेन्द्र खनाल र हालका आईजीपी क्षेत्रीबाट पनि उनले कार्यसम्पादन मुल्यांकनमा नम्बर राम्रो पाएकाले एसएसपी थापाको बढुवा सहज भएको बताइन्छ।

त्यस्तै एसएसपी कुँवरले हाल अपराध महाशाखाको कमाण्ड सम्हालिरहेका छन्। उनले समेत अपराध अनुसन्धानमा राम्रो सफलता हाँसिल गरेका छन्। प्रहरी प्रवक्ताको रुपमा काम गर्दा कुँवरले सूचना सम्प्रेषणमा राम्रो भूमिका निभाएका थिए।

त्यस्तै एसएसपी ढकालले महानगरीय ट्राफिक महाशामा बस्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा उल्लेख्य सुधार गरेका थिए। हाल उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन्।

त्यसैले उनीहरुको प्रबल सम्भावना रहेको गृह मन्त्रालय स्रोत बताउँछ।

बरियतामा एक नम्बरमा रहेका सन्दीप भण्डारी पनि डिआईजी पदमा बढुवा हुने दौडमा छन्। उनको पनि प्रबल सम्भावना देखिन्छ।

त्यस्तै टेकप्रसाद राई पनि विभिन्न शक्ति प्रयोग गरिरहेका छन्। उनका लागि अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले पनि जोडबल लगाउने चर्चा गरिएको छ। यद्यपि प्रमुख आयुक्त राई विवादमा पर्न चाहेका छैनन्।

डिआईजी बढुवाका लागि अशोक सिंह पनि दौडमा छन्। काठमाडौं प्रहरी प्रमुख हुँदा सिंहले काठमाडौंको शान्ति सुरक्षाको विषयमा राम्रोसँग काम गरेको हुनाले उनको पनि प्रबल सम्भावना रहेको छ।त्यस्तै टेकप्रसाद राई पनि विभिन्न शक्ति प्रयोग गरिरहेका छन्। उनका लागि अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले पनि जोडबल लगाउने चर्चा गरिएको छ। यद्यपि प्रमुख आयुक्त राई विवादमा पर्न चाहेका छैनन्।

डिआईजी बढुवाका लागि अशोक सिंह पनि दौडमा छन्। काठमाडौं प्रहरी प्रमुख हुँदा सिंहले काठमाडौंको शान्ति सुरक्षाको विषयमा राम्रोसँग काम गरेको हुनाले उनको पनि प्रबल सम्भावना रहेको छ।

हुनतः सिंह दीपक थापा, सन्दीप भण्डारी र टेकप्रसाद राईको ब्याचीभन्दा जुनियर हुन्। तर, पनि उनले नेपाली काँग्रेसको महाधिवेशन, माओवादीको महाधिवेशन, राप्रपाको महाधिवेशन सहज रुपमा सम्पन्न गरेको हुँदा उनी प्रधानमन्त्री शेरबहादुर देउवाको रोजाईमा परेको स्रोत बताउँछ।

त्यस्तै श्याम ज्ञवाली पनि दौडमा रहेका छन्। प्युठान घर भएका उनी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री शंकर पोखरेलहरूमार्फत पहल गरिरहेको चर्चा छ। नेपाल प्रहरीमा हाल १९ जना डिआईजीको दरबन्दी छ।
अनलाईन-न्युज 7 बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!