०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

बस दुर्घटना हुँदा ५ जनाको अवस्था गम्भीर

Logo
प्रकाशित शुक्रबार, बैशाख ०२, २०७९

पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । शुक्रबार जिल्लाको रैनादेवि छहरा गाउँपालिका–६ बल्ढेठाँटी धारापौवा भन्ने स्थानमा ग १ ख ४९०२ नम्वरको बस दुर्घटना हुँदा अन्दाजी ४० देखि ४५ वर्ष उमेर समुहका बेदबहादुर जिसी र अर्का एक बालकको अवस्था चिन्ताजनक रहेको छ ।एक जना पुरुष र १० देखि १५ वर्ष उमेर समुहका ४ जना बालबालिकाको अवस्था गम्भीर रहेको पाल्पाका प्रहरी प्रमुख एसपी जनक शाहीले जानकारी दिए । उनका अनुसार उक्त बस पानी डाँडाबाट जुठेपौवा तर्फ जाँदै थियो । बस करिब ४० मिटर तल खसेको उनले बताए । घटना स्थलमा पुगेका पाल्पाका डिएसपी बिरेन्द्र थापाले सबैको अवस्था गम्भीर रहेको र बाटोमा ल्याइँदै गरेको बताए । प्रहरीका अनुसार बसमा ६ जना मात्रै सवार थिए ।रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]

(एबिसि संचार ) जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर […]