०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

दाङको माैरीघाटमा बिग्रिएर रोकी राखेको ट्रकमा बस ठोकिँदा ४ जना सामान्य घाइते

Logo
प्रकाशित बुधबार, जेठ १८, २०७९


(ABC=SANCHAR)
दाङ । बुधबार बिहान साढे ४ बजे दाङको राप्ती गाउँपालिका वडा नं. ४ माैरीघाट खिनैटामा रोकि राखेको लु १ क ४६७२ नं. को ट्रकमा दार्चुला देखि काठमाडौं तर्फ जाँदै गरेको म १ ख ९३४ नं.को बस ठोक्किएको थियो ।

त्यस क्रमममा ट्रकका चालक २८ वर्षीय अमलेश गुप्तालाई खुट्टामा चोट लागेको छ भने बसमा सवार तीन जना यात्रु सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

घाईते सबै यात्रु डिस्चार्ज भईसकेको प्रहरीले बताएको छ । ट्रक र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस अनियन्त्रित भएर ट्रकमा ठोक्किएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]

(एबिसि संचार ) जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर […]

(एबिसि संचार ) अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार बिहान जिल्लाको मेल्लेख गाउँपालिकामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक अर्जुन साउँदले जानकारी दिए ।