२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

मुख्यमन्त्रीको कुर्सी गएको झोँकमा शंकर पोखरेलले धमिलो पानीमा माछा मार्न खोजे

Logo
प्रकाशित बिहिबार, आषाढ ०२, २०७९


(ABC=SANCHAR)
बुटवल । लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली खत्रीको घटनाबारे सत्य तथ्य बुझ्नका लागि तीन सदस्यीय कार्यदल बनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा कार्यदल बनाएको हो ।

समितिको सदस्यमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्ती मगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् ।

यसैबीच, राज्यमन्त्री वली प्रकरणमा एमालेले धमिलो पानीमा माछा मार्न खोजेको छ ।

राज्यमन्त्री वलीका विषयमा मुख्यमन्त्रीको जवाफ माग गरेर एमालेले केही समय लुम्बिनी प्रदेशको संसद अवरोध गरेको छ ।

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीले तुलसीपुरमा महिला र बालिकामाथि गरेको हर्कतबारे मुख्यमन्त्रीको जवाफ माग गरेका थिए ।

मंगलबार राज्यमन्त्री वलीले दाङको तुलसीपुरस्थित प्रेमी भनिएका एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई घरमै पुगेर कुटपिट गरेको आरोप लागेको छ ।

राज्यमन्त्री वली विवादास्पद घटनमा संलग्न भएको भन्दै एमालेले बर्खास्त गर्न माग गरेको छ ।

राज्यमन्त्री वली एमालेबाट प्रदेश सभाको उप–निर्वाचनमा निर्वाचित भएकी थिइन् । वलीलाई जिताउन एमालेका शंकर पोखरेलसहितका नेताहरूले ठूलो भूमिका खेलेका थिए ।

नेकपा विभाजन भएपछि वलीले एमाले छाडेर माओवादी केन्द्रतिर लागेपछि एमालेका नेताहरू रिसाएका छन् । तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सरकार ढाल्न वलीले नै मुख्यभूमिका निभाएकी थिइन् ।

अहिले आएर एमालेका महासचिव समेत रहेका पोखरेलले वलीसँग बदला लिने असफल प्रयास गरेका छन् ।

तुलसीपुर घटनापछि राज्यमन्त्री वली बुधबार अस्पताल भर्ना भएकी छिन् । स्वास्थ्यमा समया भएको भन्दै वली बुटवलमा अस्पताल भर्ना भएकी हुन् ।
रिपब्लिका-दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!