Breaking News

माधव बेलवासे,२२ भदौ कपिलवस्तु

‌”मानव बेचबिखन तथा अाेसारपसार बिरूद्वकाे १२ अौं राष्ट्रिय दिवस” को अबसरमा मानव बेचबिखन तथा लैङ्गिक हिंसा बिरुद्धको अभियान मा कृयासिल रुपमा काम गर्दै आएको सस्था के.आई . नेपालले कपिलवस्तु जिल्लामा विभिन्न कार्यक्रमहरु समापन गरेको छ । मानब बेचबिखन नियन्त्रणमा उल्लेखनिय भुमिका खेल्दै आएको सस्थाले दिबसीय अबसर पारी विभिन्न महत्वपुर्ण कार्यक्रमहरु चलाएको छ । जसमा मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध को सचेतनामुलक स्कुल स्तरीय बक्तित्व कला कार्यक्रम समापन गरेको छ कपिलवस्तुको कृष्णनगरमा रहेका विभिन्न स्कुलहरु मध्ये गरिएको उक्त कार्यक्रममा रामगोरखा मा.बि बहादुरगङ्ग प्रथम भएको थियो ,त्यस्तै यसै अभियान पारी र्याली कार्यक्रम मा आयोजककोभुमिका समेत खेली सक्रिय सहभागिता रहेको थियो जसमा स्थानिय संघ सस्था , नगरपालिका ,नेपाल प्रहरी सशस्त्र प्रहरी लाइन्स कल्ब पि.आर.सि.अग्रहरी युवा मन्च,दियालो नेपाल लगाएका सस्थाहरु आयोजक तथा उपस्थिती रहेको थियो । यसरी यश सस्थाले कार्यक्रम अगाडी बढाउने क्रममा भारतीय प्रहरी तथा भारतीय एस.एस.बि ,भारतीय सरोकार वाला निकायहरु संग रहि प्रतिबद्धता सहितको हस्ताक्षर कार्यक्रम समापन गरेको छ हस्ताक्षर कार्यक्रममा मानव बेचबिखन नियन्त्रणमा सधै सहयोग गर्ने प्रतिबद्धता सहितको ब्यानरमा हस्ताक्षर गरि प्रतिबद्धता जनाएका थिए । यस्तै सन्दर्भमा यस सस्थाले सामुदायिक कार्यक्रम पनि निरन्तर गर्दै आएको र सामुदायिक कार्यक्रम अन्तर्गत बुद्धभुमी न.पा 1 टिक्करमा जनचेतना मुलक तिज गित कार्यक्रम समापन गरेको छ ।कार्यक्रममा सोही नगरका नगर प्रमुख केसब श्रेष्ठ लगाएत सम्पुर्ण सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

पढ्नै पर्ने

अर्थ सम्बन्धित

About Us

तपाईको सूचनाको तिर्खा मेट्न एबिसी संचार नेट्वर्क अहोरात्र जागा छ । एविसीले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा लोकान्तरले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

Social

Our Team

अध्यक्ष/प्रकाशक : अर्जुन बिक

निर्देशक : शुसिल थापा

प्रधान सम्पादक : सलिम अन्सारी

Official Contact

प्रधान कार्यालय-सरुमारानी-४ प्युठान शाखा कार्यालय:देवदह–७ ,रुपन्देही ।

[email protected]

Web: www.abcsanchar.com

Contact - 9801337987