२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

भेरी नदिमा मेजर विमल पण्डित १६ दिनपछि मृत भेटिए

Logo
प्रकाशित मंगलबार, भाद्र २६, २०८०

(ABC-Sanchar)
डोल्पा । गत भदौ १० गतेदेखि बेपत्ता डोल्पाको सदरमुकाम दुनैस्थित नेपाली सेनाकाे नन्दबक्स गणअन्तर्गत रहेको गुल्मका गुल्मपति सेनानी (मेजर) विमल पण्डित १६ दिनपछि मृत भेटिएका छन्। उनको शव मंगलबार बिहान भेरी नदीमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी शिव बुढाथोकीका अनुसार त्रिपुरासुन्दरी नगरपालिका-५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको शव भेटिएको हो।

भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा मंगलबार बिहान एक स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सो शव मेजर पण्डितकै भएको उनको परिवारका सदस्यले सनाखत गरेका हुन्।

शव फेला परेपछि डीएसपी बुढाथाेकीकाे कमाण्डमा प्रहरीसहित सेना र सशस्त्र प्रहरीको टोली र मेजर पण्डितका दाजु कुमार पण्डित पनि घटनास्थल पुगेका थिए।

शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनै लगिएको छ।

काठमाडौंको कागेश्वरीमनोहरा नगरपालिका डाँछी घर भई नेपाली सेनाको डोल्पामा तैनाथ नन्द बक्स गणअन्तर्गत रहेको दुनै ब्यारेक, भदालेमा कार्यरत मेजर पण्डित गत भदौ १० गते साँझदेखि बेपत्ता भएका थिए।

मेजर पण्डित सो दिन आफ्नो अंगरक्षक नलिई ब्यारेकबाट निस्किएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज भारतसँग जोडिएको प्रमुख नाका जमुनाहा भएकाले यहाँ लामो समयदेखि अनौपचारिक रूपमा भारतीय रुपैयाँ (भारु) र नेपाली रुपैयाँको सटही हुँदै आएको छ। *कहाँ-कहाँ हुन्छ:* जमुनाह नाका, न्यूरोड, त्रिभुवन चोक, बसपार्क, सदरलाइन र सीमा आसपासका पसल, होटल, सुनचाँदी पसल र कतिपय किराना पसलमै पनि खुलेआम बोर्ड नराखी सटही गर्ने गरेको पाइन्छ। १०० भारु […]

दाङ । यतिबेला घोराही दाङको सन्दर्भमा सबिन प्रियासन निकै नै चर्चामा छन्। सम्भवत उनी नपुगेको ठाउँ, उनी नपुगेको कार्यक्रम हुँदैन होला ? उनको सृजनशील कामहरू सामाजिक सञ्जाल अनि संचार माध्यमहरुमा घण्टै पिच्छे आइरहन्छ। एक प्रकारले लाग्छ सामाजिक सञ्जाल अनि संचार माध्यमहरू उनकै कामको बारेमा पोस्ट गर्नका लागि बनेका हुन्। घोराही उपमहानगरपालिकाको आगामी स्थानीय तह निर्वाचनलाई […]

नेपालका धेरै सहरहरूले आफ्नो विकासको आधार उद्योग, व्यापार वा प्रशासनिक केन्द्रलाई बनाएका छन्। तर घोराहीसँग एउटा यस्तो सम्पदा छ, जसले धार्मिक आस्था, सांस्कृतिक इतिहास, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई एकै ठाउँमा जोड्न सक्छ। त्यो हो घोराही धार्मिक–पर्यापर्यटकीय सर्किट। घोराही क्षेत्रमा रहेका धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक गन्तव्यहरूलाई एउटै पर्यटन मार्गमा जोडेर विकास गर्न सकियो भने […]

error: Content is protected !!