२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

समपतिको लोभमा श्रीमानले श्रीमतीको हत्या गरे

ABC (क्राईमबिट)

बारा । सम्पत्तिको लोभमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारत, बिहार राज्यको पूर्वी चम्पारण ढाका ग्राम पञ्चायत पोष्ट पचपकडी–१४ बस्ने ३१ वर्षीय महम्मद अमिनुल्लाले २२ वर्षीय आफ्नी श्रीमती आसमिन खातुनलाई छुरीले घाँटी रेटी हत्या गरेको निमित्त प्रहरी प्रवक्ता जयकृष्णप्रसाद कुर्मीले जानकारी दिए ।

सिम्रौनगढ नगरपालिका–६ बजारमा ससुरा जाहिर मियाँको घरमा तीन बच्चा, श्रीमतीसहित बस्दै आएको भए पनि पटक–पटक ससुरालीमा रहेको सम्पत्ति बिक्री गरी भारतमा जान दबाब दिँदै आएको तर श्रीमती भारत जान नमानेपछि झै–झगडा हुने गरेको प्रहरीले जनाएको छ ।

ससुराको छोरा नभएको हुनाले त्यो सम्पत्ति सबै आफ्नै होस् भने नियतका साथ अमिनुल्ल्लाले श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको भए पनि घटनाका बारेमा सत्यतथ्य छानविन भइरहेको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

हत्या गर्ने अमिनुल्लालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक आसमिन खातुनका दुई छोरा र एक छोरी रहेका छन्

error: Content is protected !!