बर्दिया । अपराध हुने ठाँउहरु ईगिँत गर्दै स्थानिय सरकार गुलरिया नगरपालिकाको कार्यालयले आफ्नो बजार एरियालाई अपराधमुक्त बनाउने संकल्प स्वरुप बिनियोजित २० लाख बजेट रकम बाट मिति २०८१।०२।११ गते बाट सुरु भई २०८१।०३।१९ गते सम्म E- BIDDNG मार्फत टेण्डर खुलाई २४ वटा क्यामेरा १० वटा मुख्य ठाँउमा जडान गरिएको थियो ।
आज यस कार्यालयमा संचालित एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख श्रीमान् प्रहरी नायव महानिरीक्षक कुवेर कडायतज्यूको अध्यक्षता, गुलरिया नगरपालिका प्रमुख मुक्ति नाथ यादवज्यूको प्रमुख अतिथ्यता, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माज्यूको विशिष्ट अतिथ्यतामा यस CCTV कन्ट्रोल रुमको संयुक्त रुपमा रिवन काटी समुद्घाटन गर्नु भयो ।
कार्यक्रमको बीच कार्यक्रमका अध्यक्ष लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतज्यूले समाजमा शान्ती सुरक्षा कायम गर्न, अपराध अनुसन्धान गर्न, राज्यले दिएको जिम्मेवारी र सोही किसिमको प्रहरी अनुसन्धान गर्न प्रहरी प्रबिधी मैत्री हुनु आवश्यक रहेकोले । अपराध अनुसन्धान र शान्ती सुरक्षा कायम गर्न CCTV ले प्रभावकारी भुमिका निर्वाह गर्ने हुँदा त्यस्ता मुद्दालाई पहिचान गरि CCTV जडान गर्न बिनियोजित बजेट रकम एवं सहयोगकोलागी गुलरिया नगरपालिकाको कार्यालय तथा गुलरिया नगरपालिका प्रमुख मुक्ति नाथ यादवज्यूलाई कृतज्ञता ब्यक्त गर्दै कार्यक्रम सम्पन्न गर्नु भयो ।
साथै जिल्ला प्रहरी कार्यालय बर्दिया परिवार तर्फबाट गुलरिया नगरपालिकाको कार्यालय एवं गुलरिया नगरपालिका प्रमुख मुक्ती नाथ यादवज्यू, लगायत प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गर्नु हुने सम्पुर्ण ब्यक्तित्व महानुभावहरुलाई धन्यबाद ।