१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

बाँके प्रहरीद्वारा नेपालगन्ज जमुनाहाबाट ३ लाख भन्दा बढीको सामानहरु बरामद,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख २६, २०८३

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पातलीले शनिबार जानकारी दिएका छन् । भारतबाट नेपालतर्फ हुने तस्करी नियन्त्रणमा निरन्तर सक्रियता रहेकाले विशेष प्रहरी टाेलीसमेत परिचालन गरिएको जानकारी दिएका छन् ।

राति-राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर सामजिक संजालमा भिडियाे सार्वजनिक भएकाे थियाे । बाँके प्रहरी सीमा क्षेत्रबाट हुने त्यस्ता अवैध गतिविधि नियन्त्रणमा तल्लीन रहेकाे दावीसमेत गरेकाे छ ।

मुख्य नाकामा कडाइ गरिएको र सहायक तथा खुल्ला क्षेत्रबाट निरन्तर सामान नेपालतर्फ भित्रिरहेकाे भनेर बारम्बार संचारमाध्यममा समाचार प्रकाशन भईरहेका छन् । मुख्य नाकामा गरिएको कडाइपछि खुल्ला नाका भएर हुने तस्करी नियन्त्रणमा प्रहरीले निरन्तर कडाइ गरेकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बुधबार बिहान राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको रेल ट्र्याकमा रोकिएको अर्को रेलसँग ठोक्किएपछि दुर्घटना भएको हो । ठक्करको तीव्रताका कारण रेलका धेरै डिब्बा लिकबाट खसेका थिए । यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको वास्तविक कारणबारे […]

दाङ । घोराही उपमहानगरपालिकाको आगामी मेयर पदका आकांक्षीका रूपमा पत्रकार सविन प्रियासनको चर्चा हुन थालेको छ। स्थानीय तहको नेतृत्वका लागि विभिन्न व्यक्तिहरूको नाम चर्चामा आउँदै गर्दा लामो समयदेखि पत्रकारितामा सक्रिय प्रियासन पनि सम्भावित आकांक्षीका रूपमा देखिएका हुन्। प्रियासनले पत्रकारितामार्फत गाउँ–ठाउँका समस्या, नागरिकका गुनासा तथा स्थानीय सरोकारका विषयलाई सार्वजनिक बहसमा ल्याउँदै आएका छन्। उनी नेपाल पत्रकार […]

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]