२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मापसे चेकिङ हुन्न भनेर ज्यान जोखिममा नपार्न प्रहरीको अनुरोध

Logo
प्रकाशित शनिबार, फाल्गुण २४, २०७६

(सागर थापा)
काठमाडौं प्रहरीले मापसे चेकिङमा कोरोना संक्रमणको त्रासका कारण देखिएको समस्याले आफ्नै जीवन धरापमा नपार्न आग्रह गरेको छ । प्रहरीले सुँघेर मापसे चेकिङ बन्द गर्ने निर्णय गरेपछि त्यसको फाइदा उठाउने नाममा मापसे सेवन गरेर दुर्घटनाको शिकार नबन्न आग्रह गरेको हो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले भने, ‘‘कोरोना साझा दुश्मन हो । आफ्नो जीवन र स्वास्थ्यप्रति हामी आफै सर्तक हुनुपर्छ । प्रहरीलाई छल्न पाइयो भनेर गौरव नगरौं । जीवनभन्दा ठूलो मापसे होइन ।’’
चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरसको असर न्यूनीकरण गर्न प्रहरीले सुँघेर मापसे गर्ने काम बन्द गरेको थियो । तर ‘ब्रेथलाइजर’बाट जाँचलाई निरन्तरता भने दिएको छ । ट्राफिक कारबाहीमा सबैभन्दा बढी कारबाही काठमाडौं उपत्यकाका तीन जिल्लामा हुने गरेको छ ।
महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने, “ट्राफिक कारबाही रोकेका होइनौं । ब्रेथलाइजर मापसे चेक गरिरहेका छौं । तर अत्यावश्यक अवस्था र शंका लागेमा मात्रै ब्रेथलाइजरको प्रयोग गर्छौं ।’’
उनले नागरिकले ट्राफिक नियम राज्यका लागि मात्रै नभई आफ्नै सुरक्षाका लागि भएको महसुस गर्नुपर्ने बताए । सचेत नागरिकको भूमिका निर्वाह गर्नुपर्ने जोड दिँदै आवश्यक सहयोग र सहकार्य गर्न सम्बद्ध पक्षलाई एसएसपी ढकालले आग्रह गरे । प्रहरीलाई जाँचका क्रममा आवश्यक दूरी बनाउन समेत निर्देशन दिइएको छ ।
डीआइजी पोखरेलले भने, ‘‘जस्तोसुकै कठिन अवस्थामा पनि प्रहरी जिम्मेवारीबाट पछि हट्न मिल्दैन । कतिपय अवस्थामा पक्राउ, भीड नियन्त्रण लगायका अवस्था आइपरे जोखिम घटाउन पूर्ण सावधानीका साथ अगाडि बढ्छौं ।’’
डीआईजी पोखरेलले विमानस्थल, ट्राफिक चेकिङ र प्रहरीले भिडभाडमा ड्युटी गर्ने सम्भावित स्थानमा मास्क लगाउन निर्देशन दिइएको बताए । नेपालमा कोरोना भाइरसको प्रभाव परिनसकेको भए पनि समयमै सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए ।
यस्तै प्रहरीले आन्तरिक रुपमा अभिवादन गर्ने भए पनि कतिपय अवस्थाले सेवाग्राही वा अन्य व्यक्तिसँग हात मिलाउनुपर्ने भए पनि सकेसम्म हात नमिलाउन र नमस्ते गर्नसमेत निर्देशन दिएको छ ।
कोरोनाकै प्रभावका कारण यही फागुन २३ र २४ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा हुन लागेको सुरक्षा गोष्ठी समेत तत्कालका लागि स्थगित गरिएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले उपत्यकाबासीलाई सकेसम्म सामूहिक रुपमा होली नखेल्न आग्रह गरेको छ । पारिवारिक रुपमा मर्यादित भएर होली खेल्न सकिने भए पनि भीड जम्मा गरेर होली नखेल्न स्थानीय प्रशासनले समेत आग्रह गर्दै आएको छ । चिकित्सकले होलीको रङबाट समेत कोरोना लगायत सरुवा रोगको संक्रमण हुनसक्ने भन्दै सचेत रहन आग्रह गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!