काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन प्रधानमन्त्री सुशीला कार्की भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेकी छन् । केहीबेरअघि प्रधानमन्त्री कार्की श्रीमान्सँगै ओली निवास पुगेकी हुन् । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो । आजै ओलीलाई समवेदना दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुण्डु पुगेकी थिइन् ।
ABC (क्राईमबिट) बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बिनोद घिमिरेसंग लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा कार्यरत सम्पुर्ण महिला प्र.क. (जु.प्र.अ/प्र.व.ह./प्र.स.ह./प्र.ज./प्र.का.स.) हरुको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलले जानकारी दिएको छ ।
भारत बाट एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएकी डा. नीलिमा श्रेष्ठले बाल्यकाल देखि नृत्य र संगीतमा रुचि राख्ने गर्थिन । जारी मिस युनिभर्स नेपालको अब्बल प्रतिस्पर्धी श्रेष्ठले अहिले आफुलाई सहयोग गर्न सामाजिक संजालका प्रयोगकर्ताहरुलाई अनुरोध गरिरहेकी छिन । फरक सोच र शैलीका साथ्आएकी श्रेष्ठले आफूलाई प्रमुख प्रतिस्पर्धीको रूपमा उभ्याएकी छिन् । उनले आफ्नो प्रस्तुतिमा रारा […]