२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

भारतबाट आउँदै गरेका ४ जनालाई कोरोनाको आशंकामा भेरी अस्पताल बाँकेमा पठाइयो

Logo
प्रकाशित शनिबार, फाल्गुण २४, २०७६

महेन्द्र सिंह
नेपाल-भारत सीमा नाका जमुनहामा संचालनमा रहेको कोरोना भाइरस निगरानी तथा परामर्श केन्द्रले अनुसन्धानका लागि चारजनालाई भेरी अस्पतालमा ‘रेफर’ गरेको छ।
भारतको मुम्बईबाट नेपाल फर्किरहेका चारजनामा ज्वरोको लक्ष्यण देखिएपछि परीक्षणका लागि भेरी अस्पतालमा रेफर गरिएको अहेव दुर्गा महत पाण्डेले जानकारी दिइन्।
उनले शरीरको तापक्रम मापन गर्दा एकसय डिग्री फरेन्टहाइटभन्दा माथि भएका बिरामीलाई कोरोना भाइरस भए/नभएको पत्ता लगाउन भेरी अस्पतालमा पठाउने गरेको बताइन्।
मुम्बईबाट फर्केका अछामका अढाई वर्षे अभिशेक चलाउने, तीन वर्षीया प्रियंका चलाउने, सुर्खेतका तीन वर्षीय जितेन नेपाली र सुर्खेतकै २६ वर्षीय गणेश नेपालीलाई परीक्षणका लागि अस्पताल पठाइएको उनले बताइन्।
‘स्वास्थ्य परीक्षण गराएका मध्ये चारजनामा ज्वरो देखिएकोले थप परीक्षणका लागि भेरी अस्पतालमा रेफर गरिएको छ,’ उनले भनिन्, थप परीक्षणपछि मात्र कोरोना भए/नभएको प्रमाणित हुन्छ।’
अस्पतालले स्वास्थ्य परीक्षण गरि रगत जाँचका लागि काठमाडौं पठाउने भएको छ। शंकास्पद बिरामीको रगतको नमुना टेकुस्थित प्रयोगशालामा पठाउने गरिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए।
उनले अहिलेसम्म कारोनोका शंकास्पद बिरामी फेला नपरेको बताए। ‘भाइरल ज्वरो आएका बिरामीलाई पनि कोरोना भाइरस लागेको भनेर अफवाह फैलाउने काम भएको छ,’ डा. थापाले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!