०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

भारतबाट आउँदै गरेका ४ जनालाई कोरोनाको आशंकामा भेरी अस्पताल बाँकेमा पठाइयो

Logo
प्रकाशित शनिबार, फाल्गुण २४, २०७६

महेन्द्र सिंह
नेपाल-भारत सीमा नाका जमुनहामा संचालनमा रहेको कोरोना भाइरस निगरानी तथा परामर्श केन्द्रले अनुसन्धानका लागि चारजनालाई भेरी अस्पतालमा ‘रेफर’ गरेको छ।
भारतको मुम्बईबाट नेपाल फर्किरहेका चारजनामा ज्वरोको लक्ष्यण देखिएपछि परीक्षणका लागि भेरी अस्पतालमा रेफर गरिएको अहेव दुर्गा महत पाण्डेले जानकारी दिइन्।
उनले शरीरको तापक्रम मापन गर्दा एकसय डिग्री फरेन्टहाइटभन्दा माथि भएका बिरामीलाई कोरोना भाइरस भए/नभएको पत्ता लगाउन भेरी अस्पतालमा पठाउने गरेको बताइन्।
मुम्बईबाट फर्केका अछामका अढाई वर्षे अभिशेक चलाउने, तीन वर्षीया प्रियंका चलाउने, सुर्खेतका तीन वर्षीय जितेन नेपाली र सुर्खेतकै २६ वर्षीय गणेश नेपालीलाई परीक्षणका लागि अस्पताल पठाइएको उनले बताइन्।
‘स्वास्थ्य परीक्षण गराएका मध्ये चारजनामा ज्वरो देखिएकोले थप परीक्षणका लागि भेरी अस्पतालमा रेफर गरिएको छ,’ उनले भनिन्, थप परीक्षणपछि मात्र कोरोना भए/नभएको प्रमाणित हुन्छ।’
अस्पतालले स्वास्थ्य परीक्षण गरि रगत जाँचका लागि काठमाडौं पठाउने भएको छ। शंकास्पद बिरामीको रगतको नमुना टेकुस्थित प्रयोगशालामा पठाउने गरिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए।
उनले अहिलेसम्म कारोनोका शंकास्पद बिरामी फेला नपरेको बताए। ‘भाइरल ज्वरो आएका बिरामीलाई पनि कोरोना भाइरस लागेको भनेर अफवाह फैलाउने काम भएको छ,’ डा. थापाले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]