०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

खानेपानी तुल्सीपुरका कर्मचारी पान्डेमाथि बलात्कारको मुद्दा दर्ता डाँगी पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०७६

(एबिसी क्राईम ब्युरो)
दाङ तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका एक कर्मचारी माथि प्रहरीमा बलात्कार सम्वन्धि मुद्दा परेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरा निवासी ५२ बर्षीय हरि पाण्डेले बलात्कार गरेको भन्दै तुलसीपुर ६ बरुवागाउँ निवासी ३३ बर्षीया एक महिलाले मुद्दा दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी हरीहर नाथ योगीले जानकारी दिए ।
पीडित महिलाले गतवर्ष बैशाख २९ गते राति एयरपोर्ट नजिकै एक घरमा मदिराले मातेका पाण्डेले आफुमाथि जवरजस्ती बलात्कार गरेको भन्दै पाण्डेका विरुद्ध फागुन २१ गते उजुरी दिएको प्रमुख डिएसपी योगीलले बताए ।
मुद्दा परे लगतै आरोपित पाण्डे फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर खाने पानीका एक पदाधिकारीले भने पाण्डे विदामा बसेको भन्दै कार्यालय नआएको जानकारी दिएका छन् ।
एयरपोर्ट नजिकै घर भएकी निर्मला डाँगीको घरमा पाण्डेले आफुलाई बलात्कार गरेको भन्ने जाहेरीको आधारमा प्रहरीले डाँगीलाई निवेदन परेको भोलि पल्ट नै पक्राउ गरेको छ । पीडित महिलाका अनुसार उक्त दिन डाँगीले आफु एक्लै भएको भन्दै रातिमा आफ्नो घरमा बास बस्नका लागि निम्त्याएकी थिइन । त्यसपछि पाण्डे र डाँगीले मदिरा सेवन गरेका थिए ।
रातिमा एक्कासी डाँगी बाहिर निस्केर बाहिरवाट चुक्कुल लगाएर आफु निस्केको र त्यसपछि पाण्डले जवरजस्ती आफुलाई बलात्कार गरेको पीडित महिलाले बताइन ।
पीडित महिलाका अनुसार डाँगी एक घर जग्गा कारोवार गर्ने र मिटर व्याजमा पैंशा लगानी गर्ने महिला हुन । पीडित महिलाले आफुले घर किन्दा डाँगी संग आफ्नो चिनजान भएको बताएकी छन् ।
वर्षदिन सम्म गुपचुप रहँदै आएको यो घटना काठमान्डौं र रोल्पामा घर भएकी तेजकुमारी वलीले थाहाँ पाएपछि उनकै परामर्षपछि पीडित प्रहरी समक्ष पुगेर पाण्डे विरुद्ध उजुरी दिएकी हुन । वलीले यस्ता पीडित महिलाहरुलाई विभिन्न ठाउँमा पुगेर सहयोग गर्दै आएकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।