२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

खानेपानी तुल्सीपुरका कर्मचारी पान्डेमाथि बलात्कारको मुद्दा दर्ता डाँगी पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०७६

(एबिसी क्राईम ब्युरो)
दाङ तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका एक कर्मचारी माथि प्रहरीमा बलात्कार सम्वन्धि मुद्दा परेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरा निवासी ५२ बर्षीय हरि पाण्डेले बलात्कार गरेको भन्दै तुलसीपुर ६ बरुवागाउँ निवासी ३३ बर्षीया एक महिलाले मुद्दा दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी हरीहर नाथ योगीले जानकारी दिए ।
पीडित महिलाले गतवर्ष बैशाख २९ गते राति एयरपोर्ट नजिकै एक घरमा मदिराले मातेका पाण्डेले आफुमाथि जवरजस्ती बलात्कार गरेको भन्दै पाण्डेका विरुद्ध फागुन २१ गते उजुरी दिएको प्रमुख डिएसपी योगीलले बताए ।
मुद्दा परे लगतै आरोपित पाण्डे फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । तुलसीपुर खाने पानीका एक पदाधिकारीले भने पाण्डे विदामा बसेको भन्दै कार्यालय नआएको जानकारी दिएका छन् ।
एयरपोर्ट नजिकै घर भएकी निर्मला डाँगीको घरमा पाण्डेले आफुलाई बलात्कार गरेको भन्ने जाहेरीको आधारमा प्रहरीले डाँगीलाई निवेदन परेको भोलि पल्ट नै पक्राउ गरेको छ । पीडित महिलाका अनुसार उक्त दिन डाँगीले आफु एक्लै भएको भन्दै रातिमा आफ्नो घरमा बास बस्नका लागि निम्त्याएकी थिइन । त्यसपछि पाण्डे र डाँगीले मदिरा सेवन गरेका थिए ।
रातिमा एक्कासी डाँगी बाहिर निस्केर बाहिरवाट चुक्कुल लगाएर आफु निस्केको र त्यसपछि पाण्डले जवरजस्ती आफुलाई बलात्कार गरेको पीडित महिलाले बताइन ।
पीडित महिलाका अनुसार डाँगी एक घर जग्गा कारोवार गर्ने र मिटर व्याजमा पैंशा लगानी गर्ने महिला हुन । पीडित महिलाले आफुले घर किन्दा डाँगी संग आफ्नो चिनजान भएको बताएकी छन् ।
वर्षदिन सम्म गुपचुप रहँदै आएको यो घटना काठमान्डौं र रोल्पामा घर भएकी तेजकुमारी वलीले थाहाँ पाएपछि उनकै परामर्षपछि पीडित प्रहरी समक्ष पुगेर पाण्डे विरुद्ध उजुरी दिएकी हुन । वलीले यस्ता पीडित महिलाहरुलाई विभिन्न ठाउँमा पुगेर सहयोग गर्दै आएकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । कुनै पनि शहर केवल सडक, भवन र पुलले मात्र समृद्ध बन्दैन। समृद्ध शहर निर्माणका लागि स्पष्ट दीर्घकालीन सोच, उत्पादनमुखी अर्थतन्त्र, प्रभावकारी पूर्वाधार, गुणस्तरीय शिक्षा–स्वास्थ्य, रोजगारीका अवसर, वातावरणीय संरक्षण, पारदर्शी शासन र नागरिकको सक्रिय सहभागिता आवश्यक हुन्छ। यही सोचलाई केन्द्रमा राखेर अगाडि बढिरहेको ‘घोराही बनाऔँ अभियान’ ले समृद्धि, विकास र सुशासनलाई साझा अभियानका रूपमा […]

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]