२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

प्रेस काउन्सिलले केही संचारमाध्यम सँग स्पष्टीकरण र कार्वाही गर्यो

Logo
प्रकाशित मंगलबार, चैत्र ११, २०७६

काठमाडौं प्रेस काउन्सिल नेपालले देशभरिका १७ वटा अनलाइन, टिभी र पत्रिकासँग स्पष्टीकरण सोधेको छ । त्यस्तै, विभिन्न ७ वटा अनलाइनहरुलाई देशभरिबाट हेर्न नमिल्ने गरी ‘लक’ गरिएको छ । जनस्वास्थ्यसम्बन्धी भ्रामक, उत्तेजक शीर्षक राखी अपुस्ट समाचार सम्प्रेषण गर्ने १७ वटा अनलाइन, टिभी र पत्रिकासँग काउन्सिलले स्पष्टीकरण सोधेको हो । पत्रकार आचारसंहिताविपरीतका ती सामग्री हटाउन लगाउनुका साथै २४ घण्टे स्पस्टीकरण सोधिएको प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो । कार्यवाहक अध्यक्ष श्रेष्ठका अनुसार दर्ता नभई सञ्चालित त्यस्ता अरु ७ वटा अनलाइनहरुलाई भने सिधै नेपालभरि हेर्नै नमिल्ने बनाइएको छ । तिनलाई ‘लक’ गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

  काठमाडौं । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी फागुन २१ गते हुनेगरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् । आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न […]

error: Content is protected !!