२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

कतारबाट आएका तीन जनाको पहिचान क्वारेन्टाइनमा राखियो

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

फ्रान्सबाट कतारको दोहा हुँदै आएको जहाजमा यात्रा गरेका बाँकेका तीन जनालाई प्रहरीले पहिचान गरी क्वारेन्टाइनमा राखेको छ ।
उनीहरुलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा राखिएको बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहले बताउनुभयो ।
४ गते आएको जहाजमा रहेकी १९ वर्षीया एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उक्त जहाजमा यात्रा गरेका बाँकेका चार जनाको पनि खोजी गर्न पत्र आएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।
त्यस उडानबाट आएका चार जना मध्ये एक जना भने बर्दियाका हुन सक्ने प्रबक्ता सिंहले बताउनुभयो । उहाँले केन्द्रबाट आएको नाम र नागरिकता नम्बर भिडाउँदा जिल्ला प्रशासन कार्यालय बाँकेमा नाम फेला नपरेपछि बर्दियाको हुन सक्ने आंकलन गरेर खोजी भइरहेको जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!