०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

सशस्त्र प्रहरी बलद्वारा सालको काठसहित एकजना पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

सागर थापा
पर्साको पर्सागढी नगरपालिका ३ बडनियार ईलाकाबाट शनिबार एपीएफ टोलीले करीव ७८ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ८ हरपुर बस्ने ३५ वर्षिय रामायण साह छन् । सोही ठाउँमा रहेको जंगलबाट अवैध रुपले कटान गरी ल्याउँदै गरेको उक्त सालको गोलिया काठसहित निज साहलाई सशस्त्र प्रहरी बल नेपाल सरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई एपीएफ टोलीले बरामद सालको गोलिया काठसहित आवश्यक कारवाहीकोलागि सव डिभिजन वन कार्यालय सवैयामा बुझाएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]