०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

शुक्रबारदेखि लकडाउनलाई कडा बनाउने मर्निङवाक गर्नेलाई पनि कार्वाही हुने

Logo
प्रकाशित शुक्रबार, चैत्र २८, २०७६

(सागर थापा) दाङमा शुक्रबारदेखि लकडाउनलाई कडा बनाइने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले सुरु गरेको लकडाउनलाई शुक्रबारदेखि थप कडा बनाइने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभयो ।
दिनभर लकडाउनको पालना गरिने भए पनि बिहानको समयमा मर्निङवाकको बाहनामा बजारमा भिडभाड बढ्दै जान थालेपछि लकडाउनलाई कडा बनाइने प्रहरी प्रमुख एसपी भट्टराईले जानकारी दिनुभयो । ‘कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले सुरु गरेको लकडाउनलाई शुक्रबारदेखि थप कडा बनाउने तयारी गरेका छौं । मर्निङवाकको बाहनामा बजारमा भिडभाड बढ्दै जान थालेकाले लकडाउनलाई कडा बनाउन बाध्य भएका छौं’, प्रहरी प्रमुख भट्टराईले भन्नुभयो, ‘बजारमा भेटिने जो कोहीलाई पनि कारबाही गर्ने तयारीमा छौं । अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कनेहरु कारबाहीमा पर्ने हुँदा घरबाहिर ननिस्कन अनुरोध गर्दछु ।’
कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत ११ गतेदेखि सरकारले देशव्यापी लकडाउन सुरु गरेको थियो । जारी लकडाउन बैशाख ३ गतेसम्मका लागि तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]