०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

खाद्यान्नकाे पासले मदिरा बाेक्ने ट्रक नियन्त्रणमा

Logo
प्रकाशित शनिबार, बैशाख ०६, २०७७

धनगढीबाट बैतडीको मेलौलीतर्फ जाँदै गरेको से १ ख १५४९ नम्बरको ट्रक र सो ट्रकमा रहेको ४३ पेटी मदिरा नियन्त्रणमा लिइएको बैतडी प्रहरीले जनाएकाे छ।
कैलाली बैतडीको मेलौली नगरपालिकामा मदिरासहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनगढीबाट बैतडीको मेलौलीतर्फ जाँदै गरेको से १ ख १५४९ नम्बरको ट्रक र सो ट्रकमा रहेको ४३ पेटी मदिरा नियन्त्रणमा लिइएको बैतडी प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार चामलको बोरामुनि मदिराको पेटी लुकाएकाे अवस्थामा फेला परेकाे हाे।
४ देखि ८ वैशाखसम्मका लागि खाद्यान्न ढुवानी गर्ने भन्दै साे ट्रककाे मेलाैली नगरपालिकाबाट पास लिएकाे देखिएकाे छ।
पासकाे दुरूपयाेग गर्दै मदिरा ओसारपसार गरेको पाइएपछि नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए। थप अनुसन्धान भइरहेको उनकाे भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]