०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

ज्ञानेन्द्र शाहीलाई पक्राउ गर्न आदेश दिने सिडियोको सरुवा

Logo
प्रकाशित शनिबार, बैशाख १३, २०७७

काठमाडौं ज्ञानेन्द्र शाहीसँगको विवादमा परेका ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयको सरुवा भएको छ । शाहीले ललितपुर जिल्लामा लकडाउनमा परेकालाई राहत वितरण गरेपछि उनलाई त्यसो नगर्न र राहत महानगरपालिकाका निकायहरूबाट मात्र बाँड्नुपर्ने विषयमा विवाद भएको थियो । विवादपश्चात पाण्डेयले शाहीलाई पक्राउ गरेका थिए । पाण्डेको शनिबार गृह मन्त्रालयमा सरुवा भएको छ । उनको स्थानमा ललितपुरको सिडिओ भएर नारायणदत्त भट्ट गएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।