०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

मुख्यमन्त्री पोख्रेलले दाङमा १० बेडको आईसीयू उद्घाटन

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

(एबिसी संचार)
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नवजात शिशु सघन कक्ष तथा बाल सघन कक्ष र १० बेडको आईसीयूको उद्घाटन गरिएको छ । आज प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको हो ।
कोरोना संक्रमित भए नभएको स्वाब जाँच गर्दै आएको प्रतिष्ठानमा अनुगमनका लागि पुग्नुभएका मुख्य मन्त्री पोख्रेलले नवजात शिशु सघन कक्ष तथा बाल सघन कक्ष र १० बेडको आईसीयूको उद्घाटन गर्नुभएको हो । उहाँले नागरिकको स्वास्थ्य सुरक्षामा विश्वास जित्ने गरी सेवामा गुणस्तरीयता ल्याउन सुझाब दिनुभएको छ ।
प्रतिष्ठान सबैको एक साझा अस्पताल तथा एकेडेमीक संस्था भएकोले सेवा, शिक्षा तथा अनुसन्धान कार्यलाई सफल पार्न सबैले प्रतिष्ठानलाई आवश्यक सहयोग गर्नुपर्ने समेत बताउनुभयो ।
आजै मुख्य मन्त्री पोख्रेलले कोरोना अस्पताल बेलझुण्डीको अवलोकन समेत गर्नुभएको छ । अस्पताललाई नमूना अस्पताल बनाउने र विरामीको उपचारमा कुनै कमी नहुने गरी लाग्न सबैलाई सुझाब दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।