११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

कपिलवस्तुको क्वारेन्टिनबाट ११ जना भागे

Logo
प्रकाशित बुधबार, जेठ ०७, २०७७

खोजी जारी कपिलवस्तु यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टिनबाट ११ व्यक्ति भागेका छन् । सोमबार तीन र मंगलबार आठ गरी ११ जना भागेका हुन् । भागेकाहरु सो वडाका रतनपुर र भैसाही गाउँको रहेको यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेयले जानकारी दिनुभयो । पन्ध्र दिनको क्वारेन्टिन अवधि पूरा भए पनि किट अभाव भन्दै करीब २० दिनसम्म परीक्षण नगरिएपछि उनीहरु भागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “संघ र प्रदेश सरकारले समयमै परीक्षण किट उपलब्ध गराउन नसक्दा समस्या झन् बल्झिएको छ ।” खेतीको समय रहेकाले उनीहरु भागेको हुन सक्ने वडा नम्बर ६ का वडाध्यक्ष श्यामनारायण उपाध्यायले बताउनुभयो । दुई दिनमा गरी ११ जना भागेपछि खोजी गर्न प्रहरीचौकी रंगपुर, प्रशासन र गाउँपालिकालाई पत्राचार गरिएको वडाध्यक्ष उपाध्यायले बताउनुभयो । गत शनिबार मात्रै यशोधरा ८ को खोरियास्थित सरस्वती प्राथमिक विद्यालय र सिहोखोरस्थित राष्ट्रिय निमाविमा रहेका ४६ जना क्वारेन्टिनबाट भागेका थिए । उनीहरुलाई भागेको दुई दिनपछि फर्काएर पुनः सरस्वती विद्यालयमा निर्मित क्वारेन्टिनमा राखिएको छ । त्यस्तै सोमबार राति वडा नम्बर ५ को अनिरुद्ध पब्लिक माध्यमिक विद्यालयको क्वारेन्टिनबाट समेत चार जना भागेका थिए । भागेका सबैलाई पुनः क्वारेन्टिनमा ल्याइएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले जानकारी दिनुभयो । क्वारेन्टिन सञ्चालन गरिका कतिपय स्थानमा पङ्खालगायत सुविधा र समयमै स्वाब परीक्षणको व्यवस्था नहुँदा क्वारेन्टिनमा राख्न समस्या भएको संयोजक ज्योति दुबेले बताउनुभयो । कपिलवस्तुमा अहिलेसम्म ४७ कोरोना सङ्क्रमित भेटिएका छन् । कपिलवस्तुका दश स्थानीय तहका क्वारेन्टिनमा सात हजार ४५१ जना छन् । हालसम्म क्वारेन्टिनमा बसेर एक हजार ८०४ जना डिस्चार्ज भएका छने । जिल्लामा पिसिआरका लागि आवश्यक पर्ने एक हजार ७६५ भिटिएम किट उपलब्ध भएकामा करीब एक हजार चार सय जनाको स्वाब संकलन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!