११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

भारतले टिकटक सहित ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगायो

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

एबिसी संचार
नयाँ दिल्ली भारत सरकारले चीनका ५९ एप्समाथि सोमवार प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाइएको सूचीमा टिकटक, सेयर इट, सेन्डर, युसी ब्राउजर, हेलो वन्डर क्यामेरासहित छन्।
भारत सरकारले यी चिनियाँ एप्सको सर्भर भारत बाहिर रहेकाले यस्तो कदम उठाइएको जनाएको छ। यी एप्समार्फत प्रयोगकर्ताका विवरण चोरी भइरहेको आरोप भारत सरकारले लगाएको छ।
लद्दाखको गलानमा आफ्ना २० जना सैनिक मारिने गरी चिनियाँ सेनासँग भएको झडपपछि भारतले यी एप्सबाट देशको सुरक्षा र एकतामा पनि खतरा रहेको जिकिर गरेको छ।
यी एप्स प्रतिबन्धित
टिकटक
सेयर इट
क्वावै
युसी ब्राउजर
बैडु म्याप
सेइन
क्लास अफ किङ्स
डीयु ब्याट्री सेभर
हेलो
लाइक
युक्याम मेकअप
मि कम्युनिटी
सिएम ब्राउजर
भाइरस क्लिनर
एपीयुएस ब्राउजर
आओएडब्लुई
क्लब फ्याक्ट्री
न्युजडग
ब्युटी प्लस
वी च्याट
युसी न्युज
क्युक्यु मेल
वेइबो
सेन्डर
क्युक्यु म्युजिक
क्युक्यु न्युजफिड
बिगो लाइभ
सेल्फीसिटी
मेल मास्टर
प्यारालल स्पेस
मि भिडियो कल-साओमी
विसिन्क
ईएस फाइल एक्सप्लोरर
भिभा भिडियो–क्युयु भिडियो आएनसी
मेइट्यु
भिगो भिडियो
न्यु भिडियो स्टाटस
ड्यु रेकर्ठर
भ्यालुट हाइड
क्यास क्लिनर (डियु एप स्टुडियो)
डियु क्लिनर
डियु ब्राउजर
हागो प्ले विद न्यु फ्रेन्ड्स
क्याम स्क्यानर
क्लिन मास्टर : चिथा मोबाइल
वन्डर क्यामरा
फोटो वन्डर
क्यु क्यु प्लेयर
वि मिट
स्विट सेल्फी
बैडु ट्रान्सलेट
भीमेट
क्युक्यु इन्टरनेशनल
क्युक्यु सेक्युरिटी स्क्यानर
क्युक्यु लन्चर
यु भिडियो
भी फ्लाइ स्टाटस भिडियो
मोबाइल लिजेन्ड्स
डियु प्राइभेसी
गलवान झडपपछि भारतको रेल्वेले चीनको कम्पनीसँगको ४७१ करोडको निर्माण सम्झौता रद्ध गरिदिएको थियो। यसका साथै भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल) ले फोरजी संसाधन अपग्रेडका लागि चीनको उत्पादन प्रयोगमा रोक लगाउने निर्णय लिएको थियो।
अब भारत सरकारले चीनबाट आयात भइरहेका कयौँ उत्पादनमा भन्सार ड्युटी बढाउने तयारीमा छ। आगामी दिनमा चीनसँग भएको अन्य सम्झौता पनि रद्द गरिने भएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । दैनिक सयौँको आवतजावत हुने हुनाले सर्वसाधारणलाई सहजीकरण  र सहयोग गर्न  त्यस्तो टिम परिचालन गर्न लागिएको सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले बताए । बिहीबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजी पौडेलले भने, ‘सीमानामा बोर्डर इन्टर्याक्सन टिम गठन गरिँदै छ ।’ नेपाल […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिबार,उत्सव कुञ्ज पार्टी प्यालेस, बसुन्धारा काठमाडौं महानगरपालिका वडा नं. ३, प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्ज चक्रपथ युवा क्लब महाराजगञ्ज युवालाई लागुऔषधको दुष्प्रभावबारे जानकारी […]

दाङ । सामाजिक अभियान्ता संदेश भण्डारी क्षेत्रीको नेतृत्वमा देउखुरीवासीको समस्या लिएर ध्यानाकर्षण पत्र बुझाउन यो मस्यौदा प्रयोग गर्न औपचारिक र प्रभावकारी बनाएको छ । देउखुरी क्षेत्रमा देखिएको विद्युत आपूर्ति सम्बन्धी समस्याप्रति ध्यानाकर्षण गराउँदै तत्काल समाधान गरिदिन अनुरोध गर्दै । श्रीमान् प्रमुख ज्यू, नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, दाङ हामी देउखुरी क्षेत्रका नागरिकहरू सामाजिक अभियान्ता […]

error: Content is protected !!