११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

रोटरी क्लव अफ तुलसीपुर सिटीको १३ औ पद हस्तान्तरण कार्यक्रम

Logo
प्रकाशित बिहिबार, आषाढ २५, २०७७

बलबिर बिक दाङ रोटरी क्लव अफ तुलसीपुर सिटीको अध्यक्षमा यातायात व्यवसायी सुरेश हमाल चयन हुनुभएको छ । तुलसीपुरमा भएको १३ औ पद हस्तान्तरण कार्यक्रममा हमाललाई सर्वसम्मत चयन गरिएको हो । अध्यक्ष देववहादुर केसीले रोटरी चेन हस्तान्तरण गरेर हमाललाई कार्यभार सुम्पनु भएको थियो । सन् २०२०-२१ का लागि चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा देववहादुर केसी, भावी अध्यक्षमा शिव श्रेष्ठ, प्रस्तावित अध्यक्षमा यज्ञवहादुर केसी, उपाध्यक्षमा पवन कुमार योगी, बिनिल केसी र सन्दिपन रिजाल रहनु भएको छ । एकवर्षका लागि नै चुनिएको कार्यसमितिको सचिवमा देवेन्द्र केसी, कोषाध्यक्षमा दुर्गा बहादुर केसी र सहसचिवमा बुद्ध प्रकाश सिंह रहनु भएको छ । त्यसैगरी चेयर क्लब एडमिनिष्ट्रेसनमा दिपेश भण्डारी, चेयर सर्विस प्रोजेक्टमा रुपेश शर्मा, चेयर मेम्बरशिपमा सञ्जय पराजुली, चेयर पब्लिक ईमेजमा राजिव वली, चेयर टिआरएफमा उज्जवल श्रेष्ठ र मर्यादापालकमा मनोज बस्नेत चयन हुनुभएको छ । क्लबका उपाध्यक्ष शिव श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि रोटरी ईन्टर्नेशनल डिष्ट्रिक ३२९२ नेपाल-भुटानका पूर्व असिष्टेण्ट गभर्नर कुशल तर्तालले रोटरीको भावना र मर्मलाई आत्मसाथ गर्दै सामाजिक कार्यमा एकजुट भएर लाग्न सम्पूर्ण रोटरियनहरुलाई आग्रह गर्नु भएको थियो साथै उहाँले रोटरीको ६ वटा लक्षित क्षेत्र शिक्षा, स्वास्थ्य, बातावरण, खानेपानी, मातृ शिशु र सामुदायिक बिकासलाई केन्द्रमा राखेर कार्ययोजना बनाउन नवनिर्वाचित अध्यक्ष लगायत नयाँ कार्यसमितीलाई सुझाव दिनु भएको थियो । क्लबका पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठ, राजेन्द्र प्रसाद श्रेष्ठ , रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नबिन राई लगायतले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु बिमल रिजाल, ललित बहादुर घर्ती, विर बहादुर रावत, तुफानबाबु श्रेष्ठ, रिपोर्टस क्लब अफ दाङका अध्यक्ष शरद रेग्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा रोटरी वर्ष २०१९-२० को आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गर्दै अध्यक्ष देववहादुर केसीले मायाको चिनो प्रदान गर्नुभएको थियो । दुई चरणमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण वर्ष २०१९-२० का सचिव सन्दिपन रिजाल र वर्ष २०२०-२१ का सचिव देवेन्द्र केसीले गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वा्चित अध्यक्ष सुरेश हमाललाई क्लबका पूर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी कुशल तर्तालले शपथ खुवाउनु भएको थियो भने अध्यक्ष हमालले आफ्नो टिमका नवनिर्वा्चित पढाधिकारीहरुलाई शपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष हमालले आफ्नो कार्यकालमा गरिने कार्यहरुको बारेमा संक्षिप्तमा प्रकाश पार्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!