१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

रोटरी क्लव अफ तुलसीपुर सिटीको १३ औ पद हस्तान्तरण कार्यक्रम

Logo
प्रकाशित बिहिबार, आषाढ २५, २०७७

बलबिर बिक दाङ रोटरी क्लव अफ तुलसीपुर सिटीको अध्यक्षमा यातायात व्यवसायी सुरेश हमाल चयन हुनुभएको छ । तुलसीपुरमा भएको १३ औ पद हस्तान्तरण कार्यक्रममा हमाललाई सर्वसम्मत चयन गरिएको हो । अध्यक्ष देववहादुर केसीले रोटरी चेन हस्तान्तरण गरेर हमाललाई कार्यभार सुम्पनु भएको थियो । सन् २०२०-२१ का लागि चयन भएको कार्यसमितिको निवर्तमान अध्यक्षमा देववहादुर केसी, भावी अध्यक्षमा शिव श्रेष्ठ, प्रस्तावित अध्यक्षमा यज्ञवहादुर केसी, उपाध्यक्षमा पवन कुमार योगी, बिनिल केसी र सन्दिपन रिजाल रहनु भएको छ । एकवर्षका लागि नै चुनिएको कार्यसमितिको सचिवमा देवेन्द्र केसी, कोषाध्यक्षमा दुर्गा बहादुर केसी र सहसचिवमा बुद्ध प्रकाश सिंह रहनु भएको छ । त्यसैगरी चेयर क्लब एडमिनिष्ट्रेसनमा दिपेश भण्डारी, चेयर सर्विस प्रोजेक्टमा रुपेश शर्मा, चेयर मेम्बरशिपमा सञ्जय पराजुली, चेयर पब्लिक ईमेजमा राजिव वली, चेयर टिआरएफमा उज्जवल श्रेष्ठ र मर्यादापालकमा मनोज बस्नेत चयन हुनुभएको छ । क्लबका उपाध्यक्ष शिव श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि रोटरी ईन्टर्नेशनल डिष्ट्रिक ३२९२ नेपाल-भुटानका पूर्व असिष्टेण्ट गभर्नर कुशल तर्तालले रोटरीको भावना र मर्मलाई आत्मसाथ गर्दै सामाजिक कार्यमा एकजुट भएर लाग्न सम्पूर्ण रोटरियनहरुलाई आग्रह गर्नु भएको थियो साथै उहाँले रोटरीको ६ वटा लक्षित क्षेत्र शिक्षा, स्वास्थ्य, बातावरण, खानेपानी, मातृ शिशु र सामुदायिक बिकासलाई केन्द्रमा राखेर कार्ययोजना बनाउन नवनिर्वाचित अध्यक्ष लगायत नयाँ कार्यसमितीलाई सुझाव दिनु भएको थियो । क्लबका पूर्व अध्यक्ष अनुप कुमार श्रेष्ठ, राजेन्द्र प्रसाद श्रेष्ठ , रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नबिन राई लगायतले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु बिमल रिजाल, ललित बहादुर घर्ती, विर बहादुर रावत, तुफानबाबु श्रेष्ठ, रिपोर्टस क्लब अफ दाङका अध्यक्ष शरद रेग्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा रोटरी वर्ष २०१९-२० को आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट गर्दै अध्यक्ष देववहादुर केसीले मायाको चिनो प्रदान गर्नुभएको थियो । दुई चरणमा सम्पन्न भएको कार्यक्रमको सहजिकरण वर्ष २०१९-२० का सचिव सन्दिपन रिजाल र वर्ष २०२०-२१ का सचिव देवेन्द्र केसीले गर्नुभएको थियो । कार्यक्रममा नवनिर्वा्चित अध्यक्ष सुरेश हमाललाई क्लबका पूर्व अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी कुशल तर्तालले शपथ खुवाउनु भएको थियो भने अध्यक्ष हमालले आफ्नो टिमका नवनिर्वा्चित पढाधिकारीहरुलाई शपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष हमालले आफ्नो कार्यकालमा गरिने कार्यहरुको बारेमा संक्षिप्तमा प्रकाश पार्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

error: Content is protected !!