०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

रुकुममा सरकारी सवारीसाधनहरु निजी काममा चलाउनेहरु कार्वाहीमा

Logo
प्रकाशित शनिबार, आषाढ २७, २०७७

मनोज डिसी
रुकुममा व्यक्तिगत प्रयोजन र कागजात बिनै चलाईएका ४ ओटा सरकारी सहित १८ ओटा सवारी साधन कारबाहिमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले बिहिबार कानून उल्लंघन गरेको आरोपमा ती सवारी साधनलाई कारबाहि गरेको हो । कारबाहिमा परेका साधनहरु मध्ये जिल्लाको मुसिकोट नगरपालिकाका २ ओटा, बाँफिकोट गाउँपालिकाको १ ओटा र त्रिबेणि गाउँपालिकाको १ ओटा मोटरसाईकल रहेका छन् ।
“कागजात बिनै व्यक्तिगत काममा परिचालन भएका ४ ओटा सरकारी मोटर साईकल सहित १८ ओटा १८ ओटा सवारी साधनलाई जरिवाना गरेका छौ,” जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख लक्ष्मण विश्वकर्माले भने, “सवारी चालकसँग अनुमति पत्र लगायत कागजात थिएनन् ।”
जानकारी अनुसार, विवरण खुलाईएका रा १ ब ८५१ र रा ५ ब १२४४ सहितका अन्य दुई मोटरसाईकल सरकारी नेम प्लेट अंकित थिए । स्थानीय तह अन्तर्गत बिभिन्न वडामा सञ्चालित जरिवालामा परेका मोटरसाइकल मध्ये केहि सम्बन्धित व्यक्तिका परिवारका सदस्यले घरको सामान ओसार्दै गर्दा कारबाहिमा परेको बताइएको छ । बिहीबार मात्रै कार्वाहिमा परेका १८ ओटा सवारी साधान मध्ये १५ ओटा मोटरसाईकल र ३ ओटा जीप रहेका छन् । सवारी कारबाहिबाट रु. १८ हजार रकम राजश्व संकलन भएको छ । कारबाहिमा परेका मध्य केहि लकडाउनको समयमा सरकारले लागु गरेको जोर विजोर प्रणाली लागु नगरेका पनि रहेका छन् । ट्राफिक प्रहरीले ७ ओटा सवारी साधन भने नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]