०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

प्रहरी जवान प्रशिक्षार्थीहरुको दिक्षान्त समारोह सम्पन्न

Logo
प्रकाशित बुधबार, साउन ०७, २०७७

दाङ ५ नं. प्रदेश तालिम केन्द्र बुटवलमा प्रहरी जवान आधारभुत तालिम ८-१०९, ८-१०९(क) र ८-१०९(ख) औँ समूहको संयुक्त दिक्षान्त समारोह ५ नं. प्रदेश प्रहरी प्रमूख प्रहरी नायव महानिरिक्षक रबिन्द्र बहादुर धानुकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भएको छ । २०७६ श्रावण२० गते देखि संचालित २३४ दिन कार्य अवधि रहेको प्रहरी जवानहरुलाई दिक्षान्त गरिएको हो ।
यस अवसरमा प्रमुख अतिथिबाट उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाण-पत्र वितरण गर्नुका साथै प्रशिक्षणको दौरानमा आर्जन गरेका ज्ञान, सिप, कला र कौशललाई बदलिदो परिवेश तथा विभागीय नीतिलाई आत्मसाथ गरी निष्पक्ष, जवाफदेही एंव पारदर्शी रुपमा प्रहरी सेवा प्रवाह गर्न सकेमा मात्र प्रशिक्षणको उपादेयता पुरा हुने बताउनु भएको थियो । उहाँले हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीबाट सुरक्षित रही कार्यक्षेत्रमा खटिन निर्देशन समेत दिनु भएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। जिल्लाका हिसाबले चाहिँ आज ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य […]

काठमाडौं । नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको हो। प्रवक्ता एवं डिआइजी विनोद घिमिरेका अनुसार सबै कार्यालयमा परिपत्र पुगेको छ। ‘आरोपीको तस्बिर सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न पनि उठ्ने भएकाले अबदेखि सार्वजनिक नगर्ने भनेर निर्णय भएको हो,’ […]

error: Content is protected !!