०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बाँकेमा लक्डाउन उलंघन गर्नेहरुलाई क्वारेन्टाइन राख्ने

Logo
प्रकाशित बिहिबार, साउन २२, २०७७

महेन्द्र सिंह
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर राना आफै बजारमा निस्केर पसल खोल्ने र अनावश्यक हिड्नेलाई समात्न थालेका छन् ।
प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ र एसपी रानाको टोलीले न्यूरोडबाट पसल खोलेका, अटोरिक्सा र मोटरसाइकल चलाएका केही व्यक्तिलाई समातेर प्रहरीको भ्यानमा राखेको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले निषेधाज्ञाको अवज्ञा गर्ने पसलेलाई नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाउन थालेको बताउनुभयो । ‘निषेधाज्ञा उल्लंघन भयो । पसलहरु खोलिए । अहिले हामीले न्यूरोड क्षेत्रबाट पसल खोल्नेहरुलाई समातेर क्वारेन्टाइनमा लैजादैछौं, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पठाउँछौं ।’नियन्त्रणमा लिइएका पसले, अटोरिक्सा र मोटरसाइकल चालकलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लैजाने तयारी भएको छ । स्थानीय प्रशासनले गएको शनिबार रातीदेखि आगामी शनिबार रातीसम्म निषेधाज्ञा लागु गरेको छ । धेरैले कि निषेधाज्ञा कडाई गर्न या हटाउन माग गरेपछि प्रमुख जिल्ला अधिकारी र एसपी आफै सडकमा निस्केका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]