०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पत्रकार प्रियासनको सेल्फीमा म्यान्मामा सोध पत्र सार्वजनिक

Logo
प्रकाशित आइतबार, साउन ३२, २०७७

सागर थापा
दाङ उपन्यासकार एवं पत्रकार सविन प्रियासनको सेल्फी उपन्यासमा म्यान्मा (वर्मा) मा सोध पत्र गरिएको छ। म्यानमा निवासी माया खनालले सेल्फी उपन्यासमा सोध पत्र गर्नु भएको हो । करिव ६ महिना उपन्यासको विषयमा विषय विज्ञहरुसँग छलफल गरेर सोध पत्र गरिएको खनालले जानकारी दिनुभयो । उपन्यासकार प्रियासनसँग पनि उपन्यासको विषयमा फोन मार्फत छलफल गरिएको उहाँको भनाइँ छ ।
७० पृष्ठ लामो सोध पत्र तयार भएको र निकट भविष्यमा नै यस विषयमा पुस्तक समेत प्रकाशन गर्ने तयारी खनालको छ । अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक सङ्घ मोगोक शाखा शिक्षा विभागद्वारा सञ्चालित नेपाली साहित्य डिप्लोमातहको प्रमाणपत्रका लागि गरिएको उक्त सोध पात्रमा उपन्यासको विषय बस्तु, यसको सन्देश अनि उपन्यासरको बारेमा समेत विभिन्न कुराहरु समावेश गरिएको खनालको भनाइँ छ । म्यान्मामा नेपाली मूलका अहिले पनि हजारौ व्यक्तिहरुको बसोबास छ ।
नेपालबाट वर्षेनी संघले सयौ पुस्तकहरु म्यान्मामा लैजाने गरेको र नेपाली साहित्य अध्ययन गर्नेहरुले ती पुस्तकहरुको नियमित अध्ययन गर्ने गर्दछन् । सेल्फी उपन्यास अध्ययन गरेपछि उपन्यास सन्देश मुलक लागेकाले यसैमा सोध पत्र गर्न सुरु गरेको खनालको भनाइँ छ । सोध पत्र लेख्नेक्रममा उपन्यासकार नेपालमा बस्ने भएकाले उपन्यासकारसँग सम्पर्क गर्न सुरुमा कठिनाइँ भएको उहाँले अनुभव सुनाउनुभयो, ‘म म्यान्मामा बस्छु, नेपाली भाषा पनि प्रष्टसँग बोल्न आउँदैन, फेसबुक मार्फत उपन्यासकार प्रियासनको खोजी गरेर म्यासेन्जर मार्फत उपन्यास अनि उहाँको बारेमा थप जानकारी लिएर मेरो सोध पत्र तयार गरेकी हुँ ।’
नेपालमा हालसम्म नआएपनि भविष्यमा नेपाल आउने रहर छ भन्दै खनाल भन्नु हुन्छ, ‘हाम्रा पूर्खाहरु नेपालकै हुनुहुन्छ । मलाई नेपाल भनेपछि हुरुक्कै लाग्छ । समय मिल्यो भने एकपटक नेपाल घुम्ने इच्छा छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!