११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

नागरिक पनि बिना बर्दीको प्रहरी हो डिएसपी:सिंह

Logo
प्रकाशित बुधबार, आश्विन ०७, २०७७

तेज वली दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ संग अन्तक्र्रिया गरेको छ । वडा भित्रका बिभिन्न टोलमा गठन भएका सुरक्षा समितिका पदाधिकारीहरु, टोल विकास संस्थाका पदाधिकारी लगायत संग अन्तक्रिया गरिएको हो ।
वडाध्यक्ष टोपबहादुर केसीको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि सिंहले हरेक व्यक्ति कानुनका बिषयमा जानकार हुनुपर्ने बताए ।
नागरिक पनि बर्दिविनाको प्रहरी भएको भन्दै समाजमा हुने हरेक अपराधिक गतिबिधिहरु प्रहरीलाई जानकारी दिनुपर्ने बताए । साथै उनले प्रहरीले आफ्ना कमीकम्जोरीलाई सुधार गर्दै लैजाने समेत बताए । उनले अब तुलसीपुरमा अपराध रोकथामकालागि टोल–टोल तथा ग्रामिण बस्तीमा निगरानी गरिने बताए । कार्यक्रमको सहजीकरण प्रहरी सहायक निरीक्षक रमेश बीसीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!