२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नागरिक पनि बिना बर्दीको प्रहरी हो डिएसपी:सिंह

Logo
प्रकाशित बुधबार, आश्विन ०७, २०७७

तेज वली दाङ ईलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ संग अन्तक्र्रिया गरेको छ । वडा भित्रका बिभिन्न टोलमा गठन भएका सुरक्षा समितिका पदाधिकारीहरु, टोल विकास संस्थाका पदाधिकारी लगायत संग अन्तक्रिया गरिएको हो ।
वडाध्यक्ष टोपबहादुर केसीको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि सिंहले हरेक व्यक्ति कानुनका बिषयमा जानकार हुनुपर्ने बताए ।
नागरिक पनि बर्दिविनाको प्रहरी भएको भन्दै समाजमा हुने हरेक अपराधिक गतिबिधिहरु प्रहरीलाई जानकारी दिनुपर्ने बताए । साथै उनले प्रहरीले आफ्ना कमीकम्जोरीलाई सुधार गर्दै लैजाने समेत बताए । उनले अब तुलसीपुरमा अपराध रोकथामकालागि टोल–टोल तथा ग्रामिण बस्तीमा निगरानी गरिने बताए । कार्यक्रमको सहजीकरण प्रहरी सहायक निरीक्षक रमेश बीसीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]