०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बर्दिया सडक दुर्घटना न्युनीकरणमा जिल्ला ट्राफिकले जनचेतनामूलक अभियान संचालन गर्ने

Logo
प्रकाशित बिहिबार, आश्विन २९, २०७७

महेन्द्र सिंह बर्दिया सडक दुर्घटना न्युनीकरणका लागि जिल्ला ट्राफिक कार्यालय बर्दियाले अभियान संचालन गरिरहेको छ ।
सुरक्षित यात्रा अभियान अन्तर्रगत प्रदेश प्रहरी कार्यालय लुम्बिनीको निर्देशन अनुसार बर्दिया जिल्ला भरी सचेतना मूलक कार्यक्रम संचालन गरिरहेको छ ।
असोज १५ गते देखि २९ गते सम्म जिल्लाका बिभिन्न राजमार्ग हरुमा सचेतना मूलक कार्यक्रम संचालन भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ ।
यसै क्रममा नेपालगन्ज गुलरिया सडक अन्र्तगत गुलरिया नगरपालिका वडा नं.११ गणेशपुरमा पनि घरदैलो समेतको सचेतना मूलक कार्यक्रम गरिएको छ ।
दुर्घटनाको जोखिमका हिसाबले त्यसक्षेत्र संवेदनशिल भएकाले गणेशपुर क्षेत्रमा पनी सचेतना मूलक कार्यक्रम संचालन गरिएको हो । सुरक्षित यात्रा सचेतनामूलक कार्यक्रम अन्र्तगत चालक, सह—चालक, सडक प्रयोग कर्ता पैदल यात्रु र राजमार्ग किनारमा बस्ने नागरिकहरुलाई प्रशिक्षण दिईएको छ ।
जिल्लामा ०७६/७७ मा भएको ८३ सडक दुर्घटनामा ३८ जनाले ज्यान गुमाउनु परेको हुँदा यस्तो अभियान संचालनले दुर्घटना न्युनिकरण हुने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक योगेन्द्र बहादुर खड्काले वताए ।
दुर्घटनाबाट जोगिन नागरिक स्वयं चेतनशील हुनु पर्ने खड्काको भनाई छ । सडक किनारमा बाँधिने पशुका कारण पनि सवारी दुर्घटना हुने भएकाले सडक किनारमा पशु नबाध्नका लागि गुलरिया नगरपालिका वडा नम्बर—११का वडा अध्यक्ष रामनारायण केशरीले निर्देशन दिएका छन् । केशरीले सडक किनारमा राखिएका पसल तथा घुम्तीहरु पनि हटाईने बताएका छन् ।
ट्राफिक प्रहरीले वेलामा वेलामा यस्ता किसिमका सचेतना मूलक कार्यक्रम संचालनले आम नागरिकमा चेतना आई सवारी दुर्घटनाकमा कमी आउने अध्यक्ष केशरीको भनाई छ ।
नागरिकको घरदैलोमा गई सवारी दुर्घटनाको जोखिमबाट जोगिन सडक किनारमा बस्ने स्थानीयहरुले अपनाउनु पर्ने सावधानीका बारे जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी नायब निरिक्षक लोकेन्द्र बहादुर मल्लले प्रशिक्षण गरेका थिए । स्थानीय जन प्रतिनिधी, समाजसेवी, यातायात व्यवासायी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]