०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

जिल्लाका उद्यमी भन्छन् ,आयातित सामग्रीले गर्दा स्थानीय उत्पादित बस्तुले बजार पाउन सकेन ।

Logo
प्रकाशित आइतबार, जेठ ०६, २०७५

राम बहादुर बिश्वकर्मा,प्युठान / स्थानीय रुपमा उत्पादित बस्तुले बजार पाउन नसकेकोमा ब्यबसायिले गुनासो गरेका छ्न। जिल्ला बाहिरबाट आउने सामग्रीको मुल्य कम हुने भएकाले स्थानियस्तरमा उत्पादित सामाग्रीले मूल्य नपाएको भन्दै यहाँ चिन्ता गरिएको छ ।
घरेलु तथा साना उद्योग बिकास समिति प्युठानद्धारा आयोजित ब्यबसाय बिच समन्वय तथा अन्तरक्रिया कार्यक्रममा उद्धमीहरुले यस्तो बताएका हुन । परम्परागत ब्यबसायले ब्यक्तिलाई निर्बाहमुखी मात्र गराउने भएकाले ब्यबसाय मुखी बन्नका लागी आधुनिक प्रबिधि संगै सृजनशिलता र उद्दमशिलतामा जोड दिनुपर्ने घरेलु तथा साना उद्योग बिकास समिति प्युठानका प्रमुख कृष्ण प्रसाद पोख्रेलले बताउनुभयो ।
रोजगार ,स्वरोजगार र उद्यमशीलता वर्तमान समयको माग भएकोले सबै क्षेत्रबाट लाग्नु पर्ने भन्दै वास्तविक आर्थिक समृद्धि र सामाजिक रुपान्तरण का लागि उत्पादनमा जोड दिनु पर्ने पोखरेलले बताउनुभयो ।उत्पादक र बिक्रेता बिचको तालमेलले मात्र बजारभाउ उचित हुनसक्ने बजार बिकास विशेषज्ञ लक्ष्मी शर्माले बताउनुभयो ।बस्तु उत्पादनमा उपयुक्त प्राविधिको प्रयोगले लागत घटाउन र मुनाफा आर्जन गर्न सकिने हुँदा ब्यबासायिले ब्यसायिक योजनाको आधारमा बिक्री मुल्य निर्धारण गर्न सकिने शर्माले बताउनुभयो ।उत्पादकले बस्तु उत्पादन गर्ने तर बजारीकरणमा खासै ध्यान नदिनुले पनि उत्पादित बस्तुले बजार पाउन नसकिरहेको घरेलु तथा साना उद्योग महासघका महासचिव ददिराम भण्डारीले बताउनुभयो ।
सुबेदीले भन्नुभयो “गुणस्तरिय बस्तु उत्पादन गर्नुहोस् बस्तु बिक्रीका लागी सबै निकायमा समन्वय गरि हातेमालो गरि अगाडी बढ्न सिङ्गो महासघ तयार छ।”
उद्दमिको समस्या ,उद्दम प्रबर्द्धन का लागी सघ स्थापना गरिए पनि खासै यस्ता गुनासा नआउनुमा आपत्ति ब्यक्त गर्दै गुनासा आएमा मात्र समाधानको खोजी गरिने जिल्ला लघु उद्दमी समुह संघका अध्यक्ष तिलकुमारी खड्काको भनाई थियो ।
लेखा अधिकृत देबराज डागिको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रम को सन्चालन उद्दम बिकास सहजकर्ता शान्ता बि.क ले गर्नुभएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको मौका छोपेर पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका हुन् । “दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो”, उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुई सिलिन्डरको […]

  पश्चिम् । नवलपरासी गुठीप्रसौनी,बसहिया,हरपुरा,रामनगर,बनकटी,भुजहवा लगायत नाकाहरूबाट लसुन भारत लैजाने र भारतबाट लत्ताकपडा नेपाल ल्याउने गरेका छन। दिउँसो भन्दा रातिको समय साइकल,माेटरसाइकल,पिकपमा राखेर खुल्याम अाेसार पाेसार गर्ने गरेकाे स्थानीयले बताउँछन।स्थानीय चौकीका प्रमुख जिल्ला प्रहरी कार्यालयकाे घुमुवाहरूको मिलोमतोमा भारतीय नम्बरकाे माेटरसाइकलमा राखेर चिनियाले नेपाली नागरिकलाइ भाेग गर्न दिएकाे लसुन व्यपारीहरूले भारत लैजाने गरेकाे स्राेतले जानकारी दिएकाे […]

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

error: Content is protected !!