०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

आफूलाई डाक्टर बताउँदै आएका डाक्टरनै नक्कली

Logo
प्रकाशित मंगलबार, मंसिर १६, २०७७

(ABC Sanchar)
काठमाडौं । चिकित्सा शिक्षा
नपढेका व्यक्तिले आफूलाई डाक्टर भनेर वर्षौंदेखि बिरामीको उपचार गर्दै आएको घटना सार्वजनिक भएको छ ।
लहानको अस्पताल चोकस्थित सञ्जीव मेडिकल हलका सञ्चालक हरिनारायण चौधरीले वर्षौंदेखि आफूलाई डाक्टर बताउँदै बिरामीलाई ढाँटेर गलत तरिकाले उपचार गर्दै आएको औषधि व्यवस्था विभागको अनुगमन टोलीले फेला पारेको छ ।
विभागको विराटनगर टोलीले गरेको अनुगमनका क्रममा हरिनारायणले आफ्नो नामका अगाडि डाक्टर लेखेर बिरामीको गलत तरिकाले उपचार गरेको प्रेस्क्रिप्सन फेला पारेको छ । बिरामीलाई ढाँटेर गलत उपचार गरेको पाइएपछि उक्त मेडिकल हल बन्द गराई उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए । उनका अनुसार फार्मेसी (मेडिकल हल) बाहेकलाई कारबाही गर्ने कानुनी अधिकार विभागसँग छैन । ‘चिकित्सा शिक्षा नै नपढी बिरामीको उपचार गर्ने व्यक्तिका हकमा प्रहरी प्रशासन र स्वास्थ्य कार्यालयले मात्र कारबाही गर्ने अधिकार राख्छ,’ कट्टेलले भने, ‘हामीले तत्काल लहान प्रहरी र प्रशासनलाई कैफियतसहित जानकारी गराएका छौं ।’
इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापाले भने गैरकानुनी ढंगले उपचार गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कारबाही गर्न नमिल्ने बताए ।
‘यो त जिल्ला स्वास्थ्य कार्यालयले हेर्ने विषय हो,’ उनले भने । विभागका प्रमुख कट्टेलका अनुसार आफूलाई डाक्टर भनेर चौधरीले बिरामीलाई उपचारका नाममा जथाभावी औषधि चलाउने गरेको पाइएको छ । चिकित्सा विषय नै नपढेका चौधरीले वर्षौंदेखि लहानको केन्द्रबिन्दुमा आफूलाई चिकित्सक भन्दै बिरामीलाई उपचार गरिरहँदा पनि प्रशासन मौन देखिनु विडम्बना भएको स्थानीय अजय यादवले बताए । ‘चौधरीले लुकेर बिरामीको उपचार गरिरहेको भए पो,’ उनले भने, ‘डाक्टर भनेर लेटर प्याड नै छपाइएको छ । उनी त्यसैमा बिरामीलाई औषधिका नाम लेखिदिन्छन् ।’
यादवका अनुसार सामान्य बिरामी हुँदा मानिस मेडिकल हल जान्थे । त्यहाँ चौधरीले जथाभावी औषधि चलाउँथे । त्यस्तो अवस्थामा तत्काल बिरामी निको भएको देखिए पनि दीर्घकालीन रूपमा भने स्वास्थ्यमा असर पर्ने देखिन्छ । नागरिक दैनिकबाट।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!