०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

पुल बने पछि स्थानिय हर्षित

Logo
प्रकाशित बिहिबार, जेठ १०, २०७५

रोल्पा, ज्येष्ठ १०
सुनछहरी गाउँपालिका वडा नं. ६ फगाममा निर्माण भएको ट्रष्ट पुल बुधबार उद्घाटन गरिएको छ । हाम्बाङ, हाम्जा जोड्ने ट्रष्ट पुल सुनछहरी गाउँपालिका अध्यक्ष आश बहादुर पुनमगरले बुधबार औपचारीक उद्द्धाटन गर्नु भएको हो । केहि दिन अगाडी नै निर्माण कार्य सम्पन्न भएपनि आज एक कार्यक्रमका बिच पुलको औपचारीक उद्द्धाटन गरिएको बताईएको छ । गाउँपालिकाको आफ्नै लगानिमा उक्त पुल निर्माण भएपछि आवत जावतमा सहजता आएको छ ।
यसै आर्थिक बर्षको वडा परिषदबाट योजना छनौट गरी निर्माण कार्य थालिएको करीब ३ महिना पछि पुल निर्माण सम्पन्न भएको हो । जन श्रम सहित करिब २२ लाखल ९७ हजारको लागतमा उक्त पुल निर्माण भएको पुल निर्माण उपभोक्ता समितिले जनाएको छ । अहिले पुल निर्माण सम्पन्न भए संगै त्यस क्षेत्रका समुदाय हर्षित भएका छन् । वार पार गर्नका लागि पुल नहुदा लामो यात्रा गर्नु पर्ने बाध्यता पनि टरेको स्थानियहरु बताउने गरेका छन् ।
हिउदको समय जनटन आवत जावत गर्न सकिए पनि बर्षा याम सुरु भएपछि निकै कठिनाई झेल्नु पर्ने बाध्यता टरेको स्थानियहरु बताउ छन् । खास गरी हाम्बाङ र आसपासका समुदाय पुल नहुदा निकै मारमा पर्ने गरेका थिए । अहिले पुल निर्माण भएपछि निकै हर्षित भएको स्थानिय चित्र बहादुर पुनले बताउनु भयो । घाँस दाउरा गर्न देखि किनमेलाका लागि बजार जादा हुने कष्ट अहिरले सजिलो भएको पुनले बताउनु भयो । बर्षाको समयमा जोखिम मोलेर वार पार पर्नु पर्ने बाध्यता रहेको भएपनि अब भने सहजता भएको अर्का स्थानिय नरविर पुनले बताउनु भयो । पुल निर्माणका लागि धेरै पटक आग्रह गर्दा पनि सुनाई नभएको आफ्नो माग अहिले जनप्रतिनिधी आए पछि यसै बर्ष बनेकोमा आफुहरु हर्षित भएको पुनले बताउनु भयो ।
पहिलेको तुलनामा अहिले बिकासका अन्य काम पनि तिब्ररुपमा भईरहेकोले अब आफ्नो गाउँ बिकास हुनेमा त्यस क्षेत्रका समुदाय आसाबादी देखिएका छन् । पुलको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष आश बहादुर पुनले पुलको संरक्षण र त्यसको सदुपयोगमा जोडदिनु पर्ने बताउनु भयो । अहिले आफ्नो सरकार गाउँमै आएको अनुभुति गर्ने गरी काम भईरहेको भन्दै अध्यक्ष पुनले आवश्यक्ताको आधारमा अन्य कामलाइ पनि प्राथमिकरण गरिने बताउनु भयो । सुनछहरी गाउँपालिका संभावना युक्त भएपनि भौगोलिक बिकटता कारण बिकासका सवालमा केहि प्रभाव परिरहेको भएपनि अब त्यसलाई सहज बनाईने बताउनु भयो ।
सार्वजनिक सम्पत्ति भन्ना बित्तिकै त्यसलाई सरक्षण गर्ने परिपटी नरहेकाले आफ्नै ठानेर त्यसको रेखदेख गर्न वडा अध्यक्ष अमरजित पुनले आग्रह गर्नु भयो । सार्वनिक सम्पत्ति नभई आफ्नै भएले त्यसको दिगो पनाका लागि सोच्न पुनले सुझाउनु भयो ।
उपभोक्ता समितिका अध्यक्ष नरविर पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष अमरजित पुन, वडा सदस्यहरु कर्न बहादुर पुन, उजल रोका, वडा सचिव गन्ज बहादुर थापा, अन्य पार्टी प्रतिनिधीहरुको उपस्थीति रहेको थियो । आफ्नो गाउँमा पुल निर्माण गरिदिएको भन्दै गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष लगाएतलाई स्थानियले भब्य स्वागत गरेको थिए । उक्त उद्घाटन कार्यक्रमको संचालन समितिका सचिव काले झाकृमगरले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ । योसहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि […]

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय,कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार […]

दाङ । गढवा न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी र नागरिक समाजको दायित्वलाई सकेसम्म संवेदनशील, परिणाममुखी अनि सशक्त बनाउने आधार तयार रहेको नेपाल प्रहरी प्रमुख एवम् महानिरीक्षक दानबहादुर कार्कीले उद्घोष गरेका छन् । दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा बिहीबार दिउँसो आयोजित सभालाई कार्कीले सम्बोधन गरेका थिए । इलाका प्रहरी कार्यालय गढवा, […]

error: Content is protected !!