१० भाद्र २०८३, बुधबार
26-08-2026 , Wed
×

गोरु तस्करी रोक्न कपिलवस्तुमा कडाइ

Logo
प्रकाशित शनिबार, जेठ १२, २०७५

राघवेन्द्र चौवे,पकडी
अबैध रुपमा भित्रिएको ५६ गोरु समातिए
लामो समयपदेखि गोरु तस्करी नरोकिएको भन्ने ब्यापक आवाज उठेपछि प्रहरीले गोरु तस्करी नियन्त्रणमा कडाइ गरेको छ । प्रहरीले विशेष कडाइ निगरानी गरेपछि दुई साता यता गोरु तस्करी रोकिएको प्रहरीको दावी छ । यस अघि तस्करहरुले भारतबाट चोरनाका हुँदै गोरुहरु नेपाल भित्रियाउने गरेका थिए । बाँके र दाङबाट जिल्लाको बाटो हुँदै तस्करी गरी भित्रियाएका गोरुहरु पूर्वी जिल्लामा लागिने गरिएको थियो । प्रहरीले चारदिन यता मात्र तास्करी गरि नेपाल भित्रियाउन लागेको ५६ ओटा गोरु भन्सार चलान गरेको छ । गोरुको मूल्य पाँच लाख चालिस हजार कायम गरिएको छ । गत जेष्ठ ७ गते कृष्णनगर १ मडाहामा २२ , सिसाहामा २९ तथा गत जेष्ठ ८ गते यशोधरा गाउँपालिकाका ७ सोमडिहमा १३ ओटा गोरु भित्रियाउने गरिएको प्रहरी नायव उपरीक्षक नेरन्द्र कार्कीले जानकारी दिए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । नारायणी नदी किनार लगातारको बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर समात्न स्थानीयहरू नारायणी नदी किनारमा पौडी खेल्दै गरेको दृश्य देखिएको छ। माथिल्लो क्षेत्रबाट आएको बाढीसँगै बगेर आएका ग्यास सिलिन्डरहरू नदी किनारका विभिन्न ठाउँमा अड्किएका छन्। महँगो ग्यास भएकाले स्थानीयहरू जोखिम मोलेरै भए पनि नदीमा पौडी खेलेर सिलिन्डर समात्ने प्रयास गरिरहेका छन्। “बजारमा ग्यास पाइँदैन, […]

घोराही । दाङमा पछिल्लो समय कोटाअनुसार मनकामना ग्यासका सिलिन्डर नआएपछि उपभोक्ताले भोग्दै आएको समस्या समाधानका लागि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले मनकामना ग्यासका विक्रेताहरूसँग विशेष छलफल गर्नुभएको छ। दाङमा अन्य ग्यासको तुलनामा मनकामना ग्यासको आपूर्ति कम हुँदै गएपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढ्दै गएको अवस्थामा […]

काठमाडौं । त्रिशुली बजार, नुवाकोट लगातारको अविरल वर्षाका कारण त्रिशुली बजार जोड्ने मुख्य पुल बाढीले बगाएपछि यहाँको अवस्था भयावह बनेको छ। पुल बग्यो त्रिशुली नदीमा आएको बाढीले बजार र आसपासका गाउँ जोड्ने पक्की/झोलुङ्गे पुल बगाएको छ। आवागमन ठप्प बजार, अस्पताल, बैंक र सरकारी कार्यालय जान आवतजावत पूर्ण रूपमा अवरुद्ध बजार डुबानमा तल्लो क्षेत्रका पसलहरूमा पानी […]