०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

स्थानीय र प्रदेशमा चलखेल भए कडा कदम चाल्छु : प्रधानमन्त्री ओली

Logo
प्रकाशित बिहिबार, पुष ०९, २०७७

 

(ABC Sanchar)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय र प्रदेश सरकारमा हस्तक्षेप गर्न खोजे थप कडा कदम चाल्ने चेतावनी दिएका छन्।

प्रचण्ड नेपाल समूहले प्रदेश सरकारमा चलखेल गर्न सक्नेतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले त्यसो हुन थाले थप कदम चाल्ने चेतावनी दिएका हुन।

पार्टी विभाजन भएसँगै नेकपाले नेतृत्व गरेका ६ मध्ये चार वटा प्रदेश सरकार अल्पमतमा पर्ने सम्भावना छ।

त्यहाँ प्रचण्ड नेपाल पक्षले कुनै कदम चालेमा आफू अर्को कदम चाल्ने समेत ओलीले चेतावनी दिएका हुन।

योहो टेलिभिजनसँगको कुराकानीमा प्रधानमन्त्री अ‍ोलीले भनेका छन्, ‘अविश्वासका नाममा विभाजन गर्ने र एकल पार्टीको बहुमत भएको ठाउँमा अनेक पार्टी भएर सरकार बनाउने खेल र बार्गेनिङ तथा तमासामा फस्ने अवस्था आउनुहुन्न। यहीँ भएरै नै मैले जनतामा जाने निर्णय गरेको हो,’।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!