०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

स्थानीय र प्रदेशमा चलखेल भए कडा कदम चाल्छु : प्रधानमन्त्री ओली

Logo
प्रकाशित बिहिबार, पुष ०९, २०७७

 

(ABC Sanchar)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय र प्रदेश सरकारमा हस्तक्षेप गर्न खोजे थप कडा कदम चाल्ने चेतावनी दिएका छन्।

प्रचण्ड नेपाल समूहले प्रदेश सरकारमा चलखेल गर्न सक्नेतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले त्यसो हुन थाले थप कदम चाल्ने चेतावनी दिएका हुन।

पार्टी विभाजन भएसँगै नेकपाले नेतृत्व गरेका ६ मध्ये चार वटा प्रदेश सरकार अल्पमतमा पर्ने सम्भावना छ।

त्यहाँ प्रचण्ड नेपाल पक्षले कुनै कदम चालेमा आफू अर्को कदम चाल्ने समेत ओलीले चेतावनी दिएका हुन।

योहो टेलिभिजनसँगको कुराकानीमा प्रधानमन्त्री अ‍ोलीले भनेका छन्, ‘अविश्वासका नाममा विभाजन गर्ने र एकल पार्टीको बहुमत भएको ठाउँमा अनेक पार्टी भएर सरकार बनाउने खेल र बार्गेनिङ तथा तमासामा फस्ने अवस्था आउनुहुन्न। यहीँ भएरै नै मैले जनतामा जाने निर्णय गरेको हो,’।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]