०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके प्रहरीले ल्यायो भिडलाई नियन्त्रण गर्न पानीको फोहरा फाल्ने (वाटर क्यानन)

Logo
प्रकाशित शनिबार, पुष २५, २०७७

(सागर थापा/महेन्द्र सिंह)
बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले पानीको फोहरा फाल्ने गाडी ल्याएको छ । सरकारले एउटा वाटर क्यानन् ट्रक उपलब्ध गराएको हो । देशको राजनीति गतिविधि अबस्था भिडभाड नियन्त्रणका लागि वाटर क्यानन्को प्रयोग गर्न सक्ने छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले सीसी क्यामरा जोडिएको अत्याधुनिक वाटर क्याननले प्रदर्शनका बेला निषेधित क्षेत्रहरु तोड्नेहरुलाई रोक्न सहज हुने छ । भिडलाई तीतरबितिर पार्न वाटर क्यानन्ले सहयोग गर्छ । बाँके प्रहरीसँग वाटर क्यानन् पहिलो पटक आएको हो ।

पछिल्लो समय देशको राजनीतिक अबस्था घटनाक्रमसँगै सडकमा प्रदर्शन हुन थालेपछि नेपाल सरकारले गृहमन्त्रालयले देशभर हाइअर्लटमा छ । ठाउँठाउँमा प्रदर्शन हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन वाटर क्यानन्को प्रयोग गर्न सकिने बाँके प्रहरी प्रमुख एसपी रानाको भनाइ छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न लाग्दा वाटर क्यानन्बाट पानीको फोहराले प्रदर्शनकारीमाथि प्रहार गरिन्छ ।

मिडियम र हाइलेभलबाट पानीको फोहरा फाल्न सकिने यो वाटर क्यानन्ले २५ देखि ३० को रेञ्जमा फोहरा प्रहार गर्छ । जस्का कारण भीड अघि बढ्न र नियन्त्रणमा सहज हुने बाँके एसपी रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!