१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

सिमा नाकामा प्रहरीको कडाई पढ्नुहोस कारण यस्तो छ

Logo
प्रकाशित शुक्रबार, जेठ १८, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु
नेपाल -भारत सीमा नाका कपिलवस्तुको ताडानगर-धनगढवाबाट तस्करहरुले अवैध रुपमा भित्र्याइने कुखुराको चल्लामा बर्ड फ्लु रोग देखा परेको भन्दै जिल्लाको चाकरचौडा,मर्यदपुर , कृष्णनगर, लगायत एक दर्जन सीमानाकामा विशेष कडाइ गर्न थालिएको प्रहरीले जनाएको छ । आज शुक्रबार बिहान जिल्लाको शुद्धोधन गाउँपालिका–५ तारानगरबाट अवैध तरिकाले भित्र्याउने लगिएको २ हजार बढि कुखुराका चल्ला बरामद बिशेष सूचनाको अधारमा प्रहरीले पक्राउ गरेको हो । बेवारिशे अवस्थामा रहेका चल्लालाई जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको परिसरमा दिउँसो नष्ट गरिएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।प्रहरी जिल्लाको महाराजगंज नगरपालिका, हरदौना नाकाबाट २५ क्यारेट प्रतिबन्धित सेतो अण्डासमेत बरामद गरेको छ । उक्त अण्डासमेत प्रहरीले शुक्रबार नै पशु सेवा कार्यालयका कर्मचारी, पत्रकार लगायतको रोहबरमा नष्ट गरिएको जनाएको छ ।कुखुराको चल्ला, कुखुरा, प्रतिबन्धित सेतो अन्डा, दाना लगायतका सामाग्रीहरु तस्करहरुले अवैध तरिकाले लुकीछिपी नाकाहरुबाट भित्र्याउने गरेका छन् । नेपालभन्दा भारतमा सस्तो पर्ने भएकाले तस्करहरुले बढी मुनाफा पाउन सेतो अन्डा र चल्ला भित्र्याउने गरेका हुन् ।पशु सेवा कार्यालयले समेत जिल्लाका १० वटै स्थानीय तहलाई लिखित जानकारी गराइएको जनाएको छ । बर्ड फ्लुकै कारण सरकारले २०६२ सालदेखि भारतबाट पंक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाउँदै आएको

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्लाको बिभिन्न दाङ स्थानमा अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गर्ने सवारी साधनहरुलाई यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु बाट खटिएको प्रहरी टोलिले अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गरिरहेका अवस्थामा १३ वटा ट्याक्टर जरिवाना कारवाही रु. २,२०,०००।– ( दुई लाख बिस हजार), ३ वटा टिप्पर जरिवाना कारवाही रु. १,२७,५४०।– (एक लाख सत्ताइस […]

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

error: Content is protected !!