०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

रेडियो समानताको अध्यक्षमा खराल चयन ।।

Logo
प्रकाशित शनिबार, जेठ १९, २०७५

सनिउल्ला धोबी जेष्ठ १९ कपिलवस्तु
दिव्य ज्योती नेपालद्धारा संचालीत सामुदायिक रेडियो समानता १०५ थोप्लो ४ मेगाहर्जको चौथो अधिवेशन सम्पन्न भएको छ । सनिवार रेडियोको कार्यलय चन्द्रौटामा भएको अधिवेशनले राजु खरालको नेतृत्वमा ११ सदस्यीय नयां कार्यसमीती चयन गरेको छ ।
जसको उपाध्यक्षमा मधुसुदन कोईराला , सचिवमा जन्जीत वन्जाडे, सहसचिवमा मुकुन्द पाण्डे , कोषाध्यक्षमा दिपक गैरे , चयन हुनुभएको छ । अधिवेशनले मधुसुदन पोख्रेल , रामप्रसाद वेल्वासे , तिला वराल , कृष्ण भण्डारी , लक्ष्मी पौडेल , र हिरा रेग्मीलाई सदस्यमा चयन गरेको छ । अधिवेशनलले नारायण प्रसाद ज्ञवालीको संयोज्कत्वमा तीन सदस्य लेखा समिति समेत गठन गरेको छ ।
जसको सदस्यहरुमा रामकृष्ण शर्मा र अनिलसिंह चौधरी चयन हुनुभएको छ । अधिवेशन पश्चात अध्यक्ष खरालले रेडियोको चौतर्फी विकासको लागी हरप्रयास गर्ने प्रतिवद्धता गर्ने वताउनुभयो । जिल्लाको तेश्रो तथा कपिलवस्तु पश्चिमी क्षेत्रको पहिंलो रेडियोको रुपमा स्थापन भएको रेडियो समानतालाई उचीत व्यवस्थापन गरिने खरालले वताउनुभयो ।
रेडियोका संस्थापक सदस्य एंवम स्थापनकाल देख करिव ७ वर्ष रेडियोको स्टेशन म्यानेजर पदमा रहनुभएका खराल रेडियोको चौथो अधिवेशनवाट अध्यक्ष पदमा चयन भएपछि रेडियो नंया गतीवाट अगाडी वढने विश्वास गरिएको छ । अध्यक्ष खराल सामुदायिक रेडियो प्रसांरक संघ प्रदेश न ५ का उपाध्यक्ष समेत हुनुहुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं – बडा दसैं २०८३ को पावन अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूलाई दशैंको टीका र जमरा प्रदान गर्नुभएको छ। प्रहरी प्रधान कार्यालयस्थित निवासमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारी तथा परिवारजनलाई टीका, जमरा लगाइदिँदै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको थियो।

  दाङ । भारतबाट अवैध रूपमा ल्याइएको २ लाख १० हजार १ सय ३६ रुपैयाँ बराबरको पटाकासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुरका २५ वर्षीय अनुभव अग्रवाल रहेका छन्। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।