०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

हुण्डीको कारोवार गर्ने  ७ जना ब्यवसायि पक्राउ ।

Logo
प्रकाशित मंगलबार, जेठ २२, २०७५

सागर थापा दाङ

काठमान्डौ उपत्यकामा अवैधरुपमा हुण्डीको कारोवार गर्नेहरुलाई प्रहरीले सोमवार समातेको छ ।अपराध महाशाखाद्वारा अभियुक्तहरुको साथवाट नगद ५१ लाख र चेक रकम ३ करोड बढि बरामद गरिएको जनाईएको छ ।
काठमाडौं उपत्यका भित्र गैरकानुनी तवरले हुण्डीकोकारोवार गरी राजश्व छली गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलिले विभिन्न ब्यक्तिहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको न्युरोड लगायत विभिन्न स्थानमा छापा हान्दा नगद, चेक रकम, विभिन्न बैँकका हस्ताक्षर गरी राखिएका चेकवुकहरु, ह्वाट्स एप र विइ च्याटमा गरिएको हुण्डीको कारोवार सहितको बिवरण, हुण्डी कारोबार गरिएको लेजर तथा कागजातहरु बरामद गरी पक्राउ परेका ७ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको अपराध महाशाखाले जानकारी दिएको छ ।
न्युरोड क्षेत्रबाट सोमबार पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले बताए । सिंहले भने– गोप्य सुचना प्राप्त भएपछि हामीले निगरानी बढाएका थियौं ।’ प्रारम्भिक अनुसन्धान शुरु गरिएको तथा थप कारवाहीको लागि राजश्वक अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने सिँहले बताए । पक्राउ परेका अभियुक्तहरु काठमान्डौ ११ थापाथलिका २९ वर्षिय राहुल राय अग्रवालवाट नगद ८ लाख २७ हजार
चेक रकम र ३ करोड १३ लाख ७४ हजार ८ सय छत्तिस रुपैँया, सिन्धुपाल्चोक बलेपी ८ घर भई हाल स्युचाटार, काठमाण्डौं बस्दै आएका ३१ वर्षिय एलाईट बिजनेश प्रा।लि।, न्यूरोड, काठमाण्डौंका राज कुमार श्रेष्ठवाट नगद ९ लाख ६७ हजार पाँच सय र चेक रकम १९ लाख रुपैयाँ, भारत राजस्थान घर भई हाल क्षेत्रपाटी , काठमाण्डौं बस्दै आएका सग्तानी ट्रेडस, न्यूरोड, काठमाण्डौंका ५२ वर्षिय शिवकुमार साङतानिवाट १७ लाख ६० हजार नगद र ४ लाख चेक रकम, भारत मुम्वई घर भई हाल क्षेत्रपाटी , काठमाण्डौं बस्ने ४६ वर्षिय पुर्ण लक्ष्मी ईन्टरप्राईजेज, खिचापोखरी काठमाण्डौंका अरुण सावरथिया र भारत दिल्ली घर भई ज्ञानेश्वईर, काठमाण्डौं बस्ने ३८ वर्षिय सोही कम्पनिकै रविन्द्र चोखानिवाट संयुक्तरुपमा नगद १५ लाख ५० हजार रुपैया र चेक रकम १९ लाख ९८ हजार ७ सय एक सठ्ठी रुपैयाँ बरामद गरेको छ । त्यस्तै भारत दिल्ली घर भई ज्ञानेश्वरर, काठमाण्डौं बस्ने बिनिका सेल एण्ड साईन मार्केटिङ , न्युरोड, काठमाण्डौंका ४७ वर्षिय राजकुमार सिघान्ची र भारत राजस्थान घर भई बिनिका सेल एण्ड साईन मार्केटिङ , न्युरोड, काठमाण्डौंका सञ्चालक ५२ वर्षिय जगदिश राना सरीयावाट बिभिन्न बैकहरुका चेकबुक थान २१ थान बरामद गरीएको छ । अपराध महाशाखा प्रमुख सिँहले पक्राउ परेका ७ जना ब्यक्तिहरुवाट जम्मा नगद ५१ लाख ४ हजार ५ सय, चेक रकम ३ करोड ५६ लाख ७३ हजार ५ सय ९७ र मोवाइल, ल्याप्टप र विभिन्न कागजातहरु बरामद गरीएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ५ माघदेखि लागु हुने गरी जनपद प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका एसपीहरूको पदस्थापना गरिएको हो ।

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन […]

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि दर्ता गराएको आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए। डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सम्बोधन गर्दै उम्मेदवारी फिर्ता गर्ने निर्णय सार्वजनिक गरेका हुन्। उनले गोरखा-२ का स्थानीय नागरिक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबाट आएको […]

error: Content is protected !!