२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

चाकरचौडाको छोटी भन्सार कार्यालय सहयोगीको भरमा ॥

Logo
प्रकाशित मंगलबार, जेठ २२, २०७५

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु -२२
नायब सुब्बाको दरबन्दी रहेको कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका स्थितमा रहेको चाकरचौडा छोटी भन्सार कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ । नायब सुब्बा काज सरुवा मिलाएर अन्यत्र जाने गरेका कारण भन्सार कार्यालय सहयोगीले सञ्चालन गर्दै आएका हुन् । दरबन्दी अनुसार कर्मचारी नहुँदा भन्सार कार्यालयले न्यून राजश्व संकलन गर्दै आएको छ ।कार्यालयमा एक्लै बस्ने भएकाले असुरक्षा हुँदा सन्तोष जनकरुपमा राजश्व उठाउन नसकेको कार्यालय सहयोगी भीम चन्द बताउनुभयो । मुस्किलले महिनामा ८ हजारको हाराहारीमा राजश्व उठ्ने गरेको उहाँले बताउनुभयो । दिउँसो सशस्त्र प्रहरीले भन्सार कार्यालयमा सुरक्षा दिए पनि राति एक्लै बस्नुपर्ने भएकाले समस्या भएको चन्द बताउनुहुन्छ I संरचना मर्मत सम्भारको अभावमा बर्षातको समयमा पानीको ढल निकास नहुँदा कार्यालय जीर्ण बन्दै गएको छ I कार्यालयको स्वामित्वमा रहेको जग्गा प्रयोग विहीन अवस्थामा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!