०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सामुदायिक वनमा पाटेबाघ देखिन थाल्याे सुरक्षा सतर्कता बढाइयो

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०४, २०७७

(सर्मिला बोगटी)
धनगढी । कैलालीको सामुदायिक वनमा पाटेबाघको चलखेल बढेपछि सुरक्षा सतर्कता बढाइएको छ ।

पाटेबाघले आइतबार एक महिलाको ज्यानसमेत लिइसकेको छ । बाघले मान्छेमाथि आक्रमण गर्नसक्ने अवस्थालाई मध्यनजर गरेर बाघ देखिएको क्षेत्र र सो आसपासमा सुरक्षा सतर्कता बढाइएको छ ।

शुक्रबार मात्रै पाटेबाघले कैलारी गाउँपालिका–८, दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि आक्रमण गरेको थियो । सीताकुवा सामुदायिक वनमा बाघसँग भएको जम्काभेटमा चौधरी घाइते भएका छन् ।

यसैगरी शनिबार मान्छे रहेकै ठाउँमा बाघ महेन्द्र राजमार्गमा निस्केको थियो । सोही दिन गौरीगङ्गा नगरपालिका–८ स्थित गौरीगणेश सामुदायिक वनमा चराउन लगेको बाच्छो मारेर खाएको छ ।

बाघको चलखेल बढेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको सामुदायिक वन समन्वय समिति मसुरियाका सदस्य गोविन्द शर्मा लामिछानेले बताए । सबै वनमा मान्छेको प्रवेशमा रोक लगाइएको उनले उल्लेख गरे ।

“विवाहको बेला भएकाले मान्छे सालको पात टिप्नका लागि जङ्गलभित्र जाने गरेका छन्,” उनले भने, “बाघ देखिन थालेपछि समितिले वनभित्र पस्न पूर्ण रूपमा बन्देज लगाउनुका साथै सबैतिर सतर्कता बढाएको छ ।”

बाघले मान्छे वा पशुमाथि आक्रमण गर्नसक्ने र तस्कर वा सिकारीले बाघ मार्नसक्ने अवस्थालाई मध्यनजर गरेर सतर्कता बढाइएको छ । बाघ जोगाउनका लागि सामुदायिक वनका सदस्यलाई परिचालन गरिएको छ ।

शनिबार क्यामेरा ट्र्यापिङ गर्न गएका बेला बाघ नजिकै आएपछि रुखमा चढेर लामिछानेले मोबाइलमा भिडियो र तस्बिर कैद गरेका थिए ।
रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!