२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सेनिटाइजरको अधिक प्रयोगले खतरनाक हुनसक्छ स्वास्थ

Logo
प्रकाशित आइतबार, फाल्गुण ०९, २०७७

ABC Sanchar
काठमाडौं । कोरोना महामारी (कोभिड–१९)ले ‘ह्यान्ड सेनिटाइजर’ प्रयोग गर्न सिकायो तर यसको प्रयोग गर्न नजान्दा त्यसले पार्ने असरका बारेमा सायदै हेक्का राख्ने गरिएको छ ।

छालारोग विशेषज्ञ डा. मेलिना अमात्यले भनिन्, “कोरोना सङ्क्रमण मात्र नभएर विभिन्न सरुवा रोगबाट बच्न ह्यान्ड सेनिटाइजर प्रयोग गर्नु राम्रो हो तर सेनिटाइजर प्रयोग कस्तो बेला गर्ने र कस्तो बेला नगर्ने भन्नेबारे भने निकै ध्यान पु¥याउनुपर्छ ।”

हात धुन सम्भव भएको ठाउँमा सेनिटाइजरको प्रयोग गर्नु गलत बानी भएको बताउँदै उनले विभिन्न रसायन र अल्कोहल प्रयोग गरेर तयार गरिने सेनिटाइजरले कतिपय अव‚थामा हानि गर्ने बताएकाे खबर गोरखापत्र दैनिकमा छ ।

डा. अमात्यले सेनिटाइजरको काम फोहोर हातलाई सफा गर्नु मात्र नभएको प्रस्ट पार्दै भनिन्, “हात फोहोर भएको बेला सेनिटाइजर होइन, साबुनपानीको प्रयोग गर्नुपर्छ । सेनिटाइजर प्रयोग गरिएको २० सेकेन्डपछि मात्र कीटाणु मर्छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!